Advertisement
विज्ञापन

साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेल बंगलादेशसँग खेल्दैँ



Advertisement
विज्ञापन

काठमाडौं । साफ यू(१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग खेल्ने भएको छ ।छैटौं संस्करणको साफ यू(१९ महिला च्याम्पियनसिपमा आगामी फेब्रुअरी २ देखि ८ ९माघ १९(२५० बंगलादेशको ढाकामा हुनेछ ।

जसमा नेपाल र साविक विजेता बंगलादेशसहित भारत र भुटान गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष बंगलादेशमै भएको प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।


Advertisement
Advertisement

साफले जारी गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल फेब्रुअरी २ मा घरेलु टोली बंगलादेशसँग खेल्देछ । यस्तै नेपालले दोस्रो खेल फेब्रुअरी ४ मा भुटानसँग र तेस्रो खेल फेब्रुअरी ६ मा भारतसँग खेल्नेछ ।

चार टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा खेल भएपछि अंक तालिकामा शीर्ष दुईमा रहने टोली फाइनल प्रवेश गर्नेछन् ।फाइनल खेल फेब्रुअरी ८ मा हुनेछ ।प्रतियोगिताका सबै खेलहरु ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मोस्ताफा कमल ९बीएसएसएसएमके० स्टेडियममा हुनेछ ।यस प्रतियोगिताका लागि नेपाली टिम बनाउन अखिल नेपाल फुटबल संघ एन्फाले खुल्ला छनोटमार्फत खेलाडी छान्ने घोषणा गरिसकेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement