Advertisement
विज्ञापन

प्रधानमन्त्री कप महिला क्रिकेटका लागि लुम्बिनीको टोली घोषणा



Advertisement
विज्ञापन

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टोली घोषणा भएको छ ।लुम्बिनी प्रादेशिक क्रिकेट संघले शनिबार सरस्वती घर्ती मगरको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।यस्तै चार जना रिभर्ज खेलाडीको नाम समेत सार्वजनिक गरेको छ ।

६ टोली सम्मिलित लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगितापछि लुम्बिनीको टोली छनोट गरिएको हो ।लुम्बिनीले प्रधानमन्त्री कपको पहिलो खेलमा ५ पुसमा गण्डकी प्रदेशसँग खेल्नेछ ।राष्ट्रिय खेलकुद परिषद (राखेप)को वार्षिक कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानको व्यस्थापनमा हुने प्रधानमन्त्री कप महिला क्रिकेट टी-२० फर्म्याटमा खेलाइन्छ ।


Advertisement
Advertisement
Advertisement

पुस ५ देखि १८ गतेसम्म मुलपानी र त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।यस्तै यस पटकदेखि क्यानले महिला क्रिकेटमा पनि धेरै खेल गर्ने लक्ष्यसहित सिंगल राउण्डमा प्रतियोगिता गर्दैछ ।प्रतियोगितामा सबै ८ वटै टोलीले एकअर्कासँग खेल्ने छन् र अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् ।

जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।यस्तै तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ ।पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन्।

लुम्बिनीको टोली

सरस्वती घर्ती मगर (कप्तान), कृतिका मरासिनी (उपकप्तान), लक्ष्मी चौधरी,मधु डिसी, शर्मिला रोक्का, कमला घर्तीमगर, सुस्मिता भुषाल, आश्मा पुलामी, कृति अधिकारी, रन्जु श्रेष्ठ, सुस्मिता बजागाईं, चमेली चौधरी, मनिषा राना, सरस्वती पुन

वैकल्पिक खेलाडी: साक्षी भण्डारी, दीपा कुँवर, जिग्यारा थापा र स्वस्तिका बजागाईं

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad