Advertisement
विज्ञापन

केपी ओलि कपमा मधेश प्रदेशविरुद्ध नेपाल पुलिस विजयी



Advertisement
विज्ञापन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस क्लबले पोखरामा जारी ‘प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता’मा शानदार विजयी सुरुवात गरेको छ ।मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा समूह सि अन्तर्गत आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध ५७ रनले जित हासिल गरेको हो ।

कुशलले ५६ बलमा सात छक्का र आठ चौकाको मद्दतले १०२ रन बनाए । उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी समेत हुन् । कुशलले २६ बलमा ५० रन पुरा गरेका थिए भने । उनको विष्फोटक पारीलाई मधेश प्रदेशका विशाल शुसलिङले ब्रेक गरेका थिए ।


Advertisement
Advertisement
Advertisement

टस जितेर पारीको सुरुवात गरेको पुलिसले २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन जोड्न सफल भयो । खेलमा पुलिसका लागि कुशलसँगै पारिको सुरुवात गरेका सुनिल धमलाले सुस्त गतिमा खेल्दै ४७ बल खेल्दै व्यक्तिगत ४५ रनको योगदान दिए । खेलमा ५ बल फेस गरेका करन केसीले २ छक्का र एक चौका प्रहार गर्दै १६ रन जोडे ।

तर अन्य खेलाडीले भने दोहोरो अङ्क छुन सकेनन् । आरिफ शेख ६ रन बनाउँदै पेभिलियन फर्किदा राशिद खानले ३ रन बनाए ।मधेश प्रदेशका लागि विशाल शुसलिङले २, विशाल पटेलले २ र रुपेश सिंहले १ विकेट हात पारे ।यता जवाफी ब्याटिङमा उत्रिएको मधेश प्रदेश भने १८.२ ओभरमा ११८ रनमा नै समेटियो ।

मधेशले १३ रन एक्स्ट्राको रुपमा पाएको थियो । मधेशका व्याटरहरु पुलिसका घातक बलर सामु खुलेर खेल्न सकेनन् । रुपेश सिंहले २५ बलमा ३ चौका र ३ छक्का प्रहार गदै सर्वाधिक ४० रन बनाए । इमरान शेखले २२ रन, रोहन विक र राकेश कमातले समान १०–१० रन जोडे ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा उपाधि विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad