Advertisement
विज्ञापन

केपी ओली कपमा कुशल भुर्तेलको शतक



Advertisement
विज्ञापन

पोखरा भइरहेको केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छ्न्।मधेश प्रदेशविरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि कुशलले १०२ रन जोडेका हुन्।

उनले ५७ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। कुशलको शतकसँगै पुलिसले ५ विकेटको क्षतिमा १७५ रन जोड्यो।पुलिसका लागि अर्का ओपनिङ ब्याट्सम्यान सुनिल धमलाले ४५ रन बनाए। उनले ४७ बलमा ४ चौका प्रहार गरे।


Advertisement
Advertisement
Advertisement

धमला र कुशलबीच पहिलो विकेटका लागि १६ ओभरमा १३८ रनको साझेदारी भयो।समूह ‘सी’ को यो खेलमा पुलिसका लागि करण केसीले ५ बलमा २ चौका र १ छक्का हिर्काउँदै नटआउट १६ रन जोडे। बलिङमा मधेशका विशाल पटेल र विशाल सुस्लिङले २-२ विकेट लिए।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad