Advertisement
विज्ञापन

महिला टी-२० सिरिजमा जापानलाई हराएर नेपाल तेस्रो



Advertisement
विज्ञापन

काठमाडौं । हङकङमा जारी चारदेशिय महिला टी-२० सिरिजमा नेपाल तेस्रो भएको छ । आइतबार भएको खेलमा जापानलाई ४५ रनले हराएर नेपाल तेस्रो भएको हो ।लिग चरणमा तेस्रोमा रहेको नेपाल र चौथोमा रहेको जापानबीच तेस्रो स्थानको लागि खेल भएको थियो ।

जहाँ नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर ११५ रन बनाएको थियो । जवाफमा ११६ रनको लक्ष्य पछ्याएको जापानले २० ओभरमा ६ विकेट गुमाए र ७० रन मात्र बनाउन सक्यो ।


Advertisement
Advertisement
Advertisement

जापानका लागि ओपनर अकारी निशिमुराले सर्वाधिक २९, हिनासे गोतोले १६ र अहिल्या चन्डेलले ११ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि संगिता राई, इन्दु बर्मा, सीता राना मगर, खुशी डंगोल र सोनी पार्खिनले १-१ विकेट लिए ।किइट्टी बलिङ गरेकी पुजा महतोले ३ ओभरमा १ मेडन राख्दै ३ रन मात्र खर्चिइन् भने विकेट लिन सकिनन् ।

त्यसअघि नेपालले पुजा महतोकै उत्कृष्ट ब्याटिङमा ११५ रन बनाएको थियो । ओपनर पुजाले ५१ बल खेल्दै ३ चौका मद्तमा सर्वाधिक ४३ रन बनाइन् । यस्तै रोमा थापाले २२, रुबिना क्षेत्रीले २१ र कप्तान इन्दु बर्माले १२ रन बनाइन् । सीता राना मगर ५ रनमा बउट भइन् ।

जापानकी अहिल्या चन्डेल, एरिका तोगुची क्विन र आयुजमी फुजिकावाले १-१ विकेट लिए ।चार देश सहभागि सिरिजमा उपाधि जित्ने लक्ष्य बनाएपनि तान्जानिया र हङकङसँग सुरुवाती दुई खेलमा पराजित भएपछि नेपाल उपधि होडबाट बाहिरिएको थियो ।

लिग चरणमा नेपालले जापानलाई मात्र पराजित गरेको थियो भने जापानले सबै तीन खेल हारेको थियो । लिगमा तेस्रो भएको नेपाल र चौथो भएको जापानबीच तेस्रो स्थानको लागि प्लेअफ खेल खेलाइएको हो ।शीर्ष स्थानको हङकङ र तान्जियाबीच आजै उपाधिका लागि खेल हुनेछ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad