Advertisement
विज्ञापन

नेपालले आज मलेसियासँग खेल्दै



Advertisement
विज्ञापन

 काठमाडौं । घरेलु मैदानमा सोमबारदेखि सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियासँग खेल्दा सेमिफाइनलतर्फ पनि नजर हुनेछ ।

नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।आजै समूह ‘ए’अन्तर्गत ओमान र सिंगापुरबीच बिहान ९ बजे खेल सुरु हुनेछ । यदि ओमान र नेपाल दुवै विजयी भएमा समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।यस्तै नेपालको नजर जितका साथै नेट रनरेटमा पनि हुनेछ । ८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट हुने प्रावधान छ ।


Advertisement
Advertisement
Advertisement

त्यसैले अहिले नेपाली टोली ९ वर्षपछि फेरि टी-२० विश्वकपमा पुग्ने एक मात्र लक्ष्यका साथ खेलिरहेको छ ।मंगलबार कुल चार खेल हुनेछ । ओमान र सिंगापुरबीचको खेल टीयू मैदानमै बिहान ९ बजे सुरु हुनेछ । यस्तै समूह ‘बी’अन्तर्गत बहराइन र हङकङबीचको खेल मुलपानी मैदानमा बिहान ९ बजे सुरु हुनेछ । मुलपानी मैदानमै यूएई र कुवेतबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

लय कायम राख्ने र दीपेन्द्रको रिप्लेसमेन्ट खोज्ने चुनौती

सिंगापुरलाई पहिलो खेलमा ८ विकेटले हराउँदा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे भने ब्याटिङमा कुशल भुर्तेलको अर्धशतक र आसिफ शेखसँगको साझेदारी महत्वपूर्ण थियो ।कुशल र आसिफले ८४ रनको साझेदारी गरेपछि नेपालले १४६ रनको लक्ष्य २१ बल अगाडि पूरा गरेको थियो ।

पहिलो खेलमा प्राप्त जितको लयलाई नेपालले निरन्तरता दिन चाहन्छ । मलेसियाले पहिलो खेलमा ओमानलाई टक्कर दिएको थियो तर १५४ रनको लक्ष्य पछ्याउने क्रममा ३२ रनले पराजित भएको थियो ।

मलेसियाका युवा अलारउण्डर विरनदिप सिंह लयमा छन् र नेपालमा पनि फ्रेन्चाइज लिगलगायत अन्य प्रतियोगिता खेलिसकेका छन् । उनले पहिलो खेलमा ओमानविरुद्ध ३ विकेट लिनुका साथै अविजिते ५७ रनसमेत बनाएका थिए ।

पछिल्लो पटक नेपालले लगातार मलेसियालाई हराउँदै आएकोले आजको खेलमा पनि सोही लय कायम राख्दै जित निकाल्ने नेपालको योजना छ ।तर मलेसियाविरुद्ध पछिल्लो भेटमा शतक प्रहार गर्दै अलराउण्ड प्रदर्शन गरेका दीपेन्द्र सिंह ऐरी भने आज खेल्ने छैनन् ।सिंगापुरविरुद्ध पहिलो रोजाइँमा रहेपनि खेलअघि वार्म अफ गर्ने क्रममा घाइते भएपछि उनले खेल नै गुमाएका थिए । उनको एंकलमा चोट लागेको छ ।

उनले विश्वकप छनोटका बाँकी खेलहरु गुमाउने सम्भावना छ । नेपालले गत वर्ष मलेसियालाई ८५ रनले हराउँदा दीपेन्द्रले क्याटिङमा अविजित ११० रन बनाएका थिए भने बलिङमा २ विकेट लिनुका साथै एक क्याचसमेत लिएका थिए ।मलेसिया परिचित प्रतिद्वन्द्वी  भए पनि टी-२० खेल भएकोले कुनै टिमलाई कमजोर आँक्न नहुने क्रिकेटर शरद भेषावकर बताउँछन् । उनले मलेसियाको खेलाडीहरु पनि नेपालमा आएर फ्रेन्चाइज लिग खेलेकोले एक अर्काबारे जानकार रहेको बताए ।

‘मलेसियालाई सजिलो लिन मिल्दैन । मलेसियाले नेपालमा पहिला पनि खेलेको छ । मलेसियाका खेलाडीहरुले यहाँ आएर फ्रेन्चाइज लिगहरु पनि खेलिरहेका छन् । उनीहरुलाई हाम्रो बलियो र कमजोर पक्ष थाहा छ । हामीलाई पनि उनीहरुबारे थाहा छ,’ शरदले सिंगापुरविरुद्धको खेलपछि भनेका थिए, ‘निश्चित रुपमा नेपाल फेवरेट हुन्छ । तर हामी राम्रो खेलिरहे पनि पार्टीकुलर गेममा राम्रो खेल्नुपर्छ ।’पहिलो खेल बिहान खेलेको नेपालले मलेसियासँग दिउँसो खेल्ने हुँदा टसले खासै असर नगर्ने शरदको भनाइ छ ।

दीपेन्द्रलको चोटले भने नेपाली टिममा चिन्ता थपेको शरद बताउँछन् । ‘दीपेन्द्र बलिङ ब्याटिङ र फिल्डिङमा उत्कृष्ट भएकोले यस्ता प्रतियोगितामा उनको प्रदर्शन भाइटल हुन्छ । प्रेसर सिचुएसनमा नै खेल चेन्ज गर्ने क्षमता उनीसँग छ,’ उनले भने, ‘अबको खेलमा उनको स्थान कसले कभर गर्छ हेर्न बाँकी छ । उनको रिप्लेसमेन्टमा बेन्च स्ट्रेन्थ कस्तो छ भनेर टेष्ट हुन्छ । पहिलो खेलमा विवेक यादवले उनको स्थानमा खेले । अब विवेक र सन्दीप जोराको भूमिका महत्वपूर्ण हुन्छ जस्तो लाग्छ ।’नेपालले दीपेन्द्रको सट्टा दोस्रो स्पीनर खेलाउने वा अरुलाई मौका दिने भन्ने कुरा पिच कन्डिसनमा पर्ने उनले बताए ।

मलेसियामाथि हाबी नेपाल

नेपालका लागि मलेसिया नयाँ प्रतिद्वन्द्वी होइन । नियमित अन्तरालमा यी दुई टोलीबीच खेल हुँदै आएको छ । केही खेलमा मलेसियाले टक्कर दिए पनि नतिजामा नेपाल नै हाबी छ ।टी-२० अन्तर्राष्ट्रियमा यी दुई टोलीबीच अहिलेसम्म ८ खेल भएकोमा नेपालले ७ खेल जितेको छ । मलेसियाले एक खेल मात्र जितेको छ ।सन् २०२० यताको पछिल्लो पाँच टी-२० आई खेलको नतिजा हेर्दा नेपाल चार खेलमा विजयी भएको छ ।

नेपाल र मल्सियाबीच २०२१ र २०२२ मा त्रिकोणात्मक टी-२० शृङ्ला हुँदा कीर्तिपुरमा चार खेल भएको थियो र सबै खेल नेपालले जितेको थियो ।२०२१ मा भएको त्रिकोणात्मक शृङ्लामा नेपालले मलेसियालाई ९ विकेट र ६९ रनले हराएको थियो भने २०२२ को शृङ्लामा नेपाल ६ विकेट र ८५ रनले विजयी भएको थियो ।सन् २०२० को फेब्रुअरीमा भएको एसीसी इस्टर्न रिजन टी-२० मा मलेसियाले नेपाललाई २२ रनले हराएको थियो ।

यस्तो छ नेपाल भर्सेस मलेसिया हेड टु हेड

टी-२० आई खेल : ८

नेपाल विजयी : ७

मलेसिया विजयी : १

२०१९ नेपाल इन मलेसिया टी-२० आई सिरिज

पहिलो खेलमा नेपाल ७ विकेटले विजयी

दोस्रो खेलमा नेपाल ६ रनले विजयी

२०१९ आईसीसी विश्वकप टी-२० क्वालिफायर एसिया रिजन फाइनल

नेपाल ७ विकेटले विजयी

२०२० एसीसी इस्टर्न रिजन टी-२०

नेपाल २२ रनले पराजित

२०२१ त्रिकोणात्मक सिरिज

पहिलो खेलमा नेपाल ९ विकेटले विजयी

दोस्रो खेलमा नेपाल ६९ रनले विजयी

२०२२ त्रिकोणात्मक टी-२० शृङखला

पहिलो खेलमा नेपाल ६ विकेटले विजयी

दोस्रो खेलमा नेपाल ८५ रनले विजयी

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad