Advertisement
विज्ञापन

एसीसी यू-१९ प्रिमियर कप : देवको शतकमा नेपालले इरानलाई दियो ३५४ रनको लक्ष्य



Advertisement
विज्ञापन

 काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको हो ।नेपालका लागि कप्तान देव खनालले शतक तथा दिपक बोहरा र दिपकप्रसाद डुम्रेल अर्धशतक प्रहार गरे ।

१० रन हुँदा ओपनर अर्जुन कुमाल  र वान डाउनमा आएका आकाश त्रिपाठीलाई गुमाएको नेपालको इनिङ्स देव र ओपनर दिपक बोहराले सम्हाले । यो जोडीले तेस्रो विकेटका लागि १६६ रनको साझेदारी गरेका थिए । देव र दिपक क्रिजमा हुँदा नेपालले ठूलो स्कोर बनाउने संकेत देखाए पनि नियमित अन्तरमा विकेट गएपछि नेपालले पूरै ५० ओभरसमेत खेल्न सकेन ।


Advertisement
Advertisement
Advertisement

कप्तान देवले ६० बल खेल्दै १२ चौका र ४ छक्का मदतमा १०० रन बनाए । उनी शतक बनाएलगत्तै २१औं ओभरको पहिलो बलमा आउट भए । देव यू-१९ टिमबाट दुई शतक हान्ने पहिलो नेपाली ब्याटर समेत बने । अर्को ओभरमा अर्धशतक बनाएका दिपक बोहरा पनि आउट भए । उनले ५९ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ६५ रन बनाए ।

दुई सेट ब्याटर लगातार आउट भएपछि नेपालले १८५ रनमा चार विकेट गुमाएको थियो । तर त्यसपछि नेपालको इनिङ् सम्हाल्ने काम विकेटकिपर दिपकप्रसाद डुम्रे र दिपेश कँडेलले गरे ।

यो जोडीले पाँचौ विकेटका लागि ९ ओभरमे ९१ रनको साझेदारी गरेका थिए । तर ३१औं ओभरको पाँचौ बलमा दिपक आउट भएपछि नेपालले विकेट गुमाउन थाल्यो ।  दिपक डुम्रेले ४४ बल खेल्दै ८ चौका र २ छक्का मद्दतमा ६९ रन बनाए ।

दिपेशले २२ बल खेल्दै २९ रन जोडेर आउट भए । जतिबेला नेपालको स्कोर २९१-६ थियो ।  त्यसपछि अर्का दिपक बोहरा १ र मिलन बोहरा शून्यमा आउट हुँदा नेपालले २९१ मै ८ विकेट गुमायो । तर त्यसपछि सुवास भण्डारी, हेमन्त धामी र आकाश चन्दले आक्रमक ब्याटिङ गर्दै नेपालको स्कोर उकासेका थिए ।

हेमन्तले १९ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा २३ रन बनाए । आकाशले ११ बलमा १९ रन बनाउँदा तीन चौका प्रहार गरे । सुवासले १६ बल खेल्दै २ चौका प्रहार गरी १८ रनमा अविजित रहे ।इरानका लागि दद्राहमन रएसी र सल्मान निएजमान्दले तीन/तीन तथा जेइद राएसी र समान शेखीले समान दुई विकेट लिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad