Advertisement
विज्ञापन

गुल्मीमा तम्घासदेखि रेसुङ्गासम्म दौड प्रतियोगिता हुँदै



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीमा तम्घास देखि धार्मिक एवं पर्यटकीय स्थल रेसुङ्गा सम्म दौड प्रतियोगिता गरिने भएको छ । रेसुङ्गाको प्रचारप्रसार गर्न र जाउ जाउँ हिँड रेसुङ्गालाइ प्रभावकारी बनाउन दौड प्रतियोगिता गर्न लागिएको हो।

जिल्ला खेलकुद बिकास समिती गुल्मीको आयोजनामा असोज २७ गते बिहान ६:३० बजेदेखि जाउ हिड रेसुङ्गा,१० किलोमीटर पुरुष दौड प्रतियोगिता गरिने समितिका अध्यक्ष गिरि प्रसाद महाकिमले जानकारी दिए। तम्घासको लाकुरिमन्च देखि रेसुङ्गा पोखरी क्षेत्रसम्म दौड प्रतियोगिता आयोजना गर्न लागिएको महाकिमले बताए।


Advertisement
Advertisement
Advertisement

स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारालाइ प्रभाव पार्न साथै हिन्दु नेपालीहरुको महान पर्व बिजया दशमीको अवसर पारेर रेसुङ्गाको आन्तरिक पर्यटनमा प्रबर्द्धन गर्न र जाउँ हिँड रेसुङ्गालाइ सफल बनाउन दौड प्रतियोगिता राखिएको जिल्ला खेलकुद बिकास समिति गुल्मीले जनाएको छ।

दौडमा प्रथम हुनेले नगद १५ हजार दृतिया हुनेले नगद ८ हजार र तृतीय हुनेले नगद ५ हजार सहित मेडल र प्रमाणपत्र पाँउने आयोजकले जानकारी दिएको छ। दौड प्रतियोगितामा सहभागी हुनेले २६ गते साझ ५ बजेसम्म खेलकुद बिकास समितिको कार्यालयमा आवेदन दिन सकिने आयोजकले जनाएको छ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad