Advertisement
विज्ञापन

बुटवल उद्योग वाणिज्य संघको चुनाव : अध्यक्षमा अर्याल र श्रेष्ठ भिड्ने



Advertisement
विज्ञापन

बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि यही असोज १९ गतेदेखि ७० औं साधारणसभा तथा २५ औं अधिवेशन हुंदैछ ।

यस क्षेत्रकै पुरानो तथा धेरै उद्योगीरव्यवसायी आबद्ध रहेको संघको नेतृत्वका लागि व्यवसायीहरू दुई छुट्टाछुट्टै समूह बनाएर आन्तरिक प्रचारप्रसार तथा भेटघाटमा जुटिरहेका छन ।


Advertisement
Advertisement
Advertisement

संघको पूर्व वाणिज्य उपाध्यक्ष तथा यस अघिका अध्यक्षका प्रत्यासी हरिप्रसाद अर्याल र वरिष्ठ उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ छुट्टाछुट्टै समूहमा आफूलाई जिताउन आग्रह गर्दै व्यवसायीदेखि विभिन्न समूहसम्म पुगिरहनुभएको छ । अधिवेशनले तीन वर्षे कार्यकालको लागि नयां नेतृत्व चयन गर्नेछ ।

चुनावी सरगर्मी बढेसंगै यस पटकको अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ । अर्याल विगतको निरन्तरतालाई क्रमभंग गर्ने तयारीमा छन् भने, श्रेष्ठ विगतको परिवेशलाई निरन्तरता दिने तयारीमा छन् ।

अर्यालको नेतृत्वमा सबै विचार समूहको सहभागितामूलक समावेशिता देखिएको छ । चुनावी मैदानमा आउने तयारीमा रहेका दुई समूहमध्ये को नेतृत्वमा आउला भन्ने विषयमा व्यवसायीहरूले आ–आफनो अड्कल काटिरहेका छन ।

संघमा केही खास व्यक्तिहरू मात्र सधैं हावी भएको भन्दै व्यवसायीहरू नयां अनुहार ल्याउने पक्षमा रहेको बताइन्छ ।

स्रोतका अनुसार यो पटक अर्याललाई रणनैतिक हिसावले महत्व राख्ने व्यक्तिहरू र व्यवसायीले साथ दिने बुझिएको छ । बुटवलको गिर्दो व्यापारलाई पुरानै लयमा फर्काउने एजेन्डा आफूसंग रहेको अध्यक्षका आकांक्षी हरिप्रसाद अर्यालले बताए ।

त्यस्तै अर्का अध्यक्षका आकांक्षी दिनेशप्रसाद श्रेष्ठले प्रतिस्पर्धी संघ र प्रतिस्पर्धी बजार बनाएर आफू अघि बढ्ने बताए ।
अर्याल कार्यसमिति सदस्य, महासचिव र वाणिज्य उपाध्यक्ष भइसकेका व्यक्ति हुनुहुन्छ भने, श्रेष्ठले कार्यसमिति सदस्य, कोषाध्यक्ष, महासचिव हुँदै वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।

अर्यालले वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्षमा वसन्त ढकाल, सचिवमा भेषराज गैरे र सह कोषाध्यक्षमा धनाकुमारी खनाललाई अघि सारेका छन् ।

त्यस्तै श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उद्योग उपाध्यक्षमा नवीन श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा बाबुराम विक, कोषाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ र सचिवमा प्रतीक पौडेललाई अघि सारेर चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

संघमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन । संघका महासचिव विमलराज भट्टराईले समग्र व्यावसायिक हित हुने गरी संघको नेतृत्व चयन हुन आवश्यक रहेको बताए ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad