Advertisement
विज्ञापन

एसिया कपबाट बाहिरिए पाकिस्तानी बलर नशीम शाह



Advertisement
विज्ञापन

पाकिस्तानका तीव्र गतिका बलर नशीम शाहले एसिया कप २०२३ अन्तर्गतका बाँकी खेल गुमाउने भएका छ्न्।

सुपर फोरको खेलमा भारतविरुद्धको खेलको अन्त्यतिर बलिङ गर्दा चोट लागेका शाहलाई टोलीबाट फिर्ता गरिएको हो भने उनको स्थानमा जमान खानलाई समावेश गरिएको छ।


Advertisement
Advertisement
Advertisement

पाकिस्तान क्रिकेट बोर्डले ‍एक महिनाभन्दा कम समयमै सुरु हुने ओडीआई विश्वकपलाई ध्यानमा राख्दै नसीमलाई ‘सबै आवश्यक सावधानी अपनाउँदै टोलीको मेडिकल प्यानलले निगरानी गरिरहेको’ बताएको छ।

जमान पाकिस्तानी टोलीसँग जोडिइसकेका छन् र प्रशिक्षण सुरु गरिसकेका छन्।

अहिलेको अवस्थामा पाकिस्तानले नशीमको चोटले विश्वकपका लागि उनको उपलब्धतालाई असर नगर्ने विश्वास गरेको छ।

यता भारतविरुद्धको खेलको रिजर्भ डेमा बलिङ नगरेका अर्का बलर हरिस रउफ फिट हुने चरणमा रहेको पाकिस्तान क्रिकेट बोर्ड जनाएको छ। ‍‍

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad