नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीद्वारा अर्घाखाँची अस्पतालमा रहेका बिरामीहरु लाई फलफूल बितरण
२१४१
भाद्र २४- नेपाली काङ्ग्रेस अर्घाखाँचीले आफ्ना सस्थापक नेता बिपि कोइरालाको ११० औ जन्मजयन्तीको अबसरमा अर्घाखाँची अस्पतालमा रहेका बिरामीहरुको स्वास्थ लाभको कामना गर्दै फलफूल बितरण गरेको छ।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य तथा महिला नेतृ शान्ता भन्डारीकोको प्रमुख आतिथ्यता भएको फलफूल बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधिहरु जिल्ला समितिका सदस्य हरु पार्टीका भातृ संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु अर्घाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारी नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष लगायत संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम नेपाली काङ्ग्रेस अर्घाखाँचीका सचीव कृष्ण खनालको अध्यक्षता तथा सहसचीव मेघराज पान्डेको संचालनमा सम्पन्न भएको थियो ।