पाकिस्तानविरूद्ध भारतको राम्रो सुरुवात, दुवै ओपनरको अर्धशतक
२१२०
एसिया कप २०२३ अन्तर्गत अहिले भइरहेको छ।
श्रीलंकाको कोलम्बोमा पाकिस्तानले टस जितेर पहिले बलिङ गरिरहेको छ। पहिले ब्याटिङ गर्ने भारतले राम्रो सुरुवात गरेको छ।
भारतका दुवै ओपनरले अर्धशतक प्रहार गरेका छन्। १६.४ ओभरमा भारतले पहिलो विकेट गुमाउदा १२१ रन जोडेको छ। कप्तान रोहित शर्मा ५६ रन बनाएर आउट भएका छन् शुभमन गिल ५६ रन बनाएर खेलिरहेका छन्।
पाकिस्तानका तीव्र गतिका बलरद्वय शाहीन अफ्रिदी र नसीम शाहले पहिलो दश ओभरमा कुनै सफलता हात पार्न सकेनन्।
भारत र पाकिस्तानबीच समूह चरणमा पनि प्रतिस्पर्धा भएको थियो।
वर्षाले प्रभावित उक्त खेल रद्द भएको थियो। पहिले ब्याटिङ गरेको भारत २६६ रनमा समेटिएको थियो। तर पाकिस्तानले ब्याटिङ सुरु गर्न नपाउँदै खेल वर्षाले रोकिएको थियो।
दुवै टिमले नेपाललाई पराजित गर्दै सुपर फोरमा स्थान पक्का गरेका हुन्।