Advertisement
विज्ञापन

कोभिड–१९ सङ्क्रमितलाई उच्च रक्तचापको खतरा



Advertisement
विज्ञापन

काठमाडौँ । कोभिड–१९ सङ्क्रमितलाई उच्च रक्तचापको खतरा देखिएको एक नयाँ अध्ययनले बताएको छ । यो रिपोर्ट मेडिकल जर्नल हाइपरटेन्सनमा सोमबार प्रकाशित भएको हो ।

अध्ययनका अनुसार कोभिड–१९ बाट अस्पतालमा भर्ना भएका ५ मध्ये १ जना बिरामी र अस्पताल भर्ना नभएका १० मध्ये एक सङ्क्रमितमा ६ महिनापछि उच्च रक्तचापको समस्या देखिएको हो । इन्फ्लुएन्जा र अन्य श्वासप्रश्वास सम्बन्धी रोग भाइरसबाट सङ्क्रमित बिरामीभन्दा कोभिड–१९ बाट सङ्क्रमित बिरामीमा हाइपरटेन्सनको समस्या देखिने सम्भावना दुई गुणा बढी देखिएको पनि अध्ययनमा भनिएको छ ।


Advertisement
Advertisement
Advertisement

अमेरिकाको सेन्टर फर डिजज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार हाइपरटेन्सनसमेत भनिने उच्च रक्तचापले मुटुको समस्या र हृदयाघातको सम्भावना बढ्ने बताएको छ । अमेरिकामा धेरै मानिसको मृत्यु हुने कारण मध्ये यो एक हो ।

सीडीसीका अनुसार देशका आधा वयस्कमा हाइपरटेन्सनको समस्या रहेको छ । सन् २०२१ मा अमेरिकामा यसका कारण ७ लाख मानिसले ज्यान गुमाएका थिए ।

उच्च रक्तचापको मापदण्ड डाक्टरअनुसार फरक–फरक हुन सक्छन् । तर, अमेरिकन हार्ट एसोसिएसन र अमेरिकन कलेज अफ कार्डियोलोजीले १३०/९० भन्दा माथिको अङ्कलाई उच्च रक्तचाप मान्नुपर्ने बताएको छ ।

यो नयाँ अध्ययनमा ४५ हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित तथा १४ हजार इन्फ्लुएन्जाबाट बिरामी भएकाहरूको स्वास्थ्य रिपोर्टको तथ्याङ्क लिइएको थियो । यो अध्ययन सन् २०२० र २०२२ बीचमा न्यूयोर्क सहरमा गरिएको थियो ।–सीएनएन

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad