Advertisement
विज्ञापन

विश्वकप छनोट: नेपालले आज पहिलो खेलमा जिम्बावेसँग भिड्दै



Advertisement
विज्ञापन

 

काठमाडौं: आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा नेपालले आज आइतबार जिम्बावेविरुद्ध खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे हरारे स्पोर्ट्स क्लबमा सुरुहुनेछ।

 


Advertisement
Advertisement
Advertisement

नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध खेल्दैछ । नेपाल पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बाबेलाई स्तब्ध पार्न चाहान्छ । त्यसको लागि नेपालले ब्याटिङलाई ध्यानमा राख्दै प्लेइङ ११ मैदान उतार्ने अनुमान गरिएको छ । नेपालले अघिल्लो महिना एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध टोलीबाट परिवर्तन गर्ने सम्भावना छ।

स्पिनर ललितनारायण राजवंशीको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई मैदान उतार्न सक्छ । जिम्बावे तीव्र गतिका बलरलाई सहयोगी बढी मानिन्छ । नेपालसँग स्पिनर सन्दीप लामिछानेसँगै कुशल मल्ल र दीपेन्द्र राम्रो स्पिन विकल्प हुनेछन् । दीपेन्द्रले २०१७ मा नेपाली टोलीमा डेब्यू गरेपछि पहिलो पटक लयका कारण प्लेइङ ११ बाहिर हुनु परेको थियो । दीपेन्द्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रका अब्बल खेलाडी हुन् । उनले यी तीन मध्य कुनैपनि क्षेत्रबाट टोलीलाई जिताउन सक्छन्।

 

जिम्बावेको पिचमा नेपालले दुई प्रमुख स्पिनर खेलाउने सम्भावना देखिदैन । त्यसैले ललितको ठाउँमा दीपेन्द्रलाई खेलाउन सक्छ । जसले गर्दा नेपालको ब्याटिङ-११ नम्बरसम्म हुनेछ । ललितलाई नेपालले घरेलु मैदान टियुमा मात्रै प्रयोग गरेको थियो । युएईमा भने ललितलाई नेपालले बेन्चमै राखेको थियो।

 

उक्त फाइनलमा दीपेन्द्रको स्थानमा गुलशन झाले खेलेका थिए । गुलशनले उक्त खेलमा ८४ बलमा ६ छक्कासहित ६७ रनको नटआउट इनिङ खेलेका थिए । गुलशन तीव्र गतिका बलर हुन् । उनको बलमा गति पनिछ । पिच तीव्र गतिको बलर सहयोगी हुँदा सोमपाल र करण पहिलो रोजाईमा खेल्नेछन् । गुलशन तीव्र गतिको बलिङ अलराउन्डरमा खेल्न सक्छन्।

टोलीमा अन्य परिवर्तनको सम्भावना कम छ । ओपनरमा आसिफ शेख र कुशल भुर्तेल हुनेछन् । भुर्तेलले अभ्यास खेलमा ओमानविरुद्ध शतक हान्दै राम्रो लयको सम्भावना देखाएका छन् । कुशलको भूमिका आक्रामक र आसिफको संयमित रुपमा ठूलो इनिङ खेल्नेहुनेछ ।

कम्तिमा १० ओभरसम्म विकेट नगुमाउने नेपालको रणनीति हुनसक्छ । राम्रो सुरुवात पाउँदा नेपालले विशाल योगफल बनाउने देखिन्छ । तेस्रो नम्बरमा भीम सार्कीले निरन्तरता पाउनेछन् । भीमले एक एन्डबाट इनिङ बचाएर खेल्नु पर्ने हुन्छ।

रोहित पौडेल चौथो नम्बरमा खेल्ने छन् । रोहित नेपालका ब्याटिङका खम्बा हुन्।

कुशल मल्ल पाँचौं नम्बरमा खेल्नेछन् । कुशलबाट नेपाल विष्फोटक ब्याटिङ चाहन्छ । कुशल राम्रो लयमा पनि छन् । उनले अघिल्लो महिना ओमानविरुद्ध ५९ बलमै शतक हानेका थिए । छैटौं नम्बरमा आरिफ शेख हुनेछन्।

यदि नेपाल राम्रो अवस्थामा भएमा गुलशन झा र दीपेन्द्रलाई माथि खेलाउन सक्छ । टोलीले खराब ब्याटिङ गरेको खण्डमा इनिङ सम्हाल्न आरिफलाई छैटौं नम्बरमा पठाउन सक्छ । पाँचदेखि तल टोलीको अवस्थामा ब्याटिङक्रम निर्भर रहनेछ ।

 

नेपालले सातौं र आठौं नम्बरमा गुलशन र दीपेन्द्रलाई मैदान उतार्नेछ । दीपेन्द्रबाट नेपाल फिनिसिङ चाहन्छ । नेपाल फिनिसिङमा चुक्दै आएको छ । नवौं र दशौं नम्बरमा करण केसी र सोमपाल कामी हुनेछन् । सोमपाल र करण दुबै राम्रो ब्याटिङका लागि चिनिन्छन् ।

 

करणबाट नेपाल विष्फोटक अन्त्य चाहन्छ । सन्दीप ११ औं नम्बरमा खेल्नेछन् । सन्दीपले पनि पछिल्लो समय राम्रो ब्याटिङ गर्दै आएका छन् । नेपालको ब्याटिङ १ देखि ११ नम्बरसम्म कुनैपनि खेलाडीले गर्न सक्छन् । जसले गर्दा नेपालको ब्याटिङ निकै मजबुत हुनेछ । तीव्र गतिका बलरमा सोमपाल र करण केसी पहिलो रोजाईमा खेल्नेछन्।

गुलशन तेस्रो रोजाईका बलर हुनेछन् । आवश्यक परेमा आरिफ शेख चौथो विकल्प हुनेछन् । स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख स्पिनर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । उनलाई दीपेन्द्र र कुशल मल्लले पार्टटाइममा साथ दिनेछन् । नेपालसँग तीव्र गतिमा चार र स्पिनरमा तीन गरि सात बलिङ विकल्प हुनेछ । आवश्यक परेमा रोहित पौडेल र कुशल भुर्तेल पनि स्पिन गर्न सक्छन्।

नेपालको सम्भावित प्लेइङ ११

आसिफ शेख ९विकेटकिपर०, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad