Advertisement
विज्ञापन

बुटवल बहुमुखी क्याम्पस स्ववियु सभापतिमा के. सि काे चर्चा



Advertisement
विज्ञापन

उमेश पछाई ! आसन्न चैत ०५ गते  हुने स्वतन्त्र विधार्थी युनियनकाे  चुनावकाे राैनक  तातिरहँदा स्ववियु निर्वाचन हुने आङ्गिक  क्याम्पसहरूमा चुनावकाे माहोल छाएकाे छ । त्यसै मध्ये लुम्बिनी प्रदेशकाे  सबैभन्दा ठुलाे आङ्गिक क्याम्पस हो बुटवल बहुमुखी क्याम्पस जहाँ विद्यार्थी संख्या र शैक्षिक गुणस्तरले हेर्ने हाे भने अन्य क्याम्पसका तुलनामा अब्बल मानिन्छ ।

स्वतन्त्र विधार्थी युनियनको चुनावमा विद्यार्थीहरूले आफ्नो आफ्नो उम्मेदवारीहरु घाेषणा गरिरहेका छन् ती मध्ये एक हुन् बुटवल बहुमुखी क्याम्पसका लाेकप्रिय विद्यार्थी नेता माधव के. सि  उनी  नेपाल विधार्थी संघकाे तर्फबाट बुटवल बहुमुखी क्याम्पस  स्ववियु सभापतिकाे चर्चाकाे शिखरमा छन । उनी पिता सर्वजित खत्री क्षेत्री र माता  पुना खत्रि क्षेत्रिकाे न्यानाे कोखबाट २०५३  मा झिम्रुक गाँउपालिका-  ३ आहाल खाेला प्युठानमा जन्मिएका हुन्  । सानै  उमेर देखि भद्र स्वभाव , मिहिनेती  पढाइमा अब्बल र अतिरिक्त कुराहरूमा सक्रिय के.सि विद्यार्थी जीवनदेखि नै नेविसंघको राजनीतिमा तल्लीन थिए।
उनी कक्षा १० सम्मकाे आफ्नो  अध्ययन गृह जिल्ला प्युठान  सकेर  सुनाैलाे भविष्य निर्माण गर्न बुटवल झरे  +२ अन्नपूर्ण माेडल कलेज बाट उर्तिण गरि   बुटवल बहुमुखी  क्याम्पसमा  स्नातक तह प्रथम वर्ष  व्यवस्थापन सङ्कायमा वि. सं . २०७४ सालमा भर्ना भएका थिए । अध्ययनलाई निरन्तरता दिँदै रिक्त समयमा विधार्थी माझ प्रस्तुत हुने विधार्थीकाे गुनासाे सङ्कलन गर्ने , क्याम्पसकाे  प्रशासनिक वा बाहिरि काममा विधार्थी साथीहरूलाई सहयाेग गर्दै आफ्नो ४ वर्ष लगभग व्यतित गरेका छन । उनि अहिले  स्नातक तह चाैँथाे  वर्षमा अध्ययनरत छन ।


Advertisement
Advertisement
Advertisement

वि. सं २०६८ सालबाट नेविसंघको  सक्रिय राजनीति सुरू गरि  वि. स. २०७२ सालमा नेविसंघ  प्युठान रूपन्देही  सम्पर्क समिति सदस्य , वि. स. २०७३ मा नेविसंघ  प्युठान रुपन्देही सम्पर्क समिति सहसचिव  ,२०७४ मा  नेविसंघ  प्युठान रुपन्देही सम्पर्क समिति  सचिव,  वि. स .२०७५ मा नेविसंघ झिम्रुक गाउँपालिका संस्थापक सभापति , वि. स २०७६ मा  नेविसंघ  प्युठान रुपन्देही सम्पर्क समिति उपसभापति र २०७८ मा नेविसंघ  प्युठान रुपन्देही सम्पर्क समिति सभापति  हुँदै  बुटवल बहुमुखी क्याम्पसको नेविसंघ राजनीतिमा प्रत्यक्ष संलग्न छन ।

नयाँ विद्यार्थी तथा प्रथम वर्षमा भर्ना भरका विधार्थीहरू त के. सि लाई आफ्नै पारिवारिक दाइ सरह पच्छाई रहन्छन। विद्यार्थीहरु भन्छन दाई हाेस त ” माधव जस्ताे ” साथिहरू भन्छन ” साथि हाेस त माधव जस्तो ” शिक्षक शिक्षिका भन्छन विधार्थी  हाेस त ” माधव जस्ताे ” सबैकाे  मन मुटु र मष्तिकमा बस्न सफल के. सि आगामी स्ववियु निर्वाचनमा नेविसंघको तर्फबाट  बुटवल बहुमुखी क्याम्पसमा  सभापतिकाे  चर्चामा रहेका व्यक्ति हुन ।

विद्यार्थीकाे  समस्या प्रत्यक्ष अनुभुती गर्ने  अनि प्रशासनलाई जानकारी गराउने र समाधानका बाटाेमा विद्यार्थी र प्रशासनलाई डाेर्याउने काममा उनि अग्रणि स्थानमा छन ।  सँगसँगै उनि विश्वविद्यालयको लापरबाही र अन्तर्राष्ट्रिय शिक्षासँग प्रतिस्पर्धा गर्ने सक्ने शिक्षा प्रणाली त्रि. वि ले ल्याउनु पर्छ भन्ने विषयमा बहस गर्दै आईरहेका छन । फरक संगठन सँग पनि मित्रवत व्यवहार कायम गर्न सक्ने क्षमता भयका के. सि सामाजिक कार्यमा पनि उत्तिकै अगाडि छन । बिहानकाे समयमा   क्याम्पस चाैर वरिपरि बसेका विद्यार्थीहरु पनि के. सि लाई स्ववियु सभापतिमा सहयाेग गर्ने कानेखुसी गरिरहेका हुन्छन । शालिन र भद्र स्वभावका के. सि विधार्थी माझ लाेकप्रिय पात्र हुन । उनका व्यक्तिगत मतदाता विद्यार्थी बाट धनी भएको विद्यार्थीहरुको आकलन भएकाले प्रतिपक्षीलाई उनको पदमा उम्मेदवार खडा गर्न हम्मेहम्मे भएको छ । यदि आफ्नो सङगठनभित्र बाट आफुले टिकट पाए जित्ने सम्भावना बलियो रहेकाे र टिकट नपाए पनि निरन्तर विद्यार्थीको सारथि रहि रहने माधव के. सि ले नालिबेली न्युज सँग बताएका छन्  ।

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad