
नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस ले आज एक विज्ञप्ति मार्फत क्याम्पस प्रशासन समक्ष विधार्थीका मागलाई ध्यानमा राख्दै ध्यानाकर्षण पत्र बुझायकाे छ । उक्त ध्यानाकर्षण पत्र नेविसंघ बुटवल बहुमुखी क्याम्पस कार्यबाहक सभापति ऋषि भण्डारीले क्याम्पस प्रमुख समक्ष बुझाएका हुन ।क्याम्पस प्रशासनले विद्यार्थीका अनिवार्य र सामान्य मागलाई सम्बाेधन नगरेकाे र प्रशासनिक काममा क्याम्पस ले लापरबाही गरेकाे भन्दै रुष्ट बनेकाे नेपाल विधार्थी संघले १५ बुदेँ माग पेश गर्दै आज पत्र बुझायकाे हाे ।उक्त आफ्नाे माग १ हप्ताभित्र पूरा नभय कडा कदम चाल्ने विज्ञप्ति मार्फत ध्यानाकर्षण गरायकाे हाे ।
बुटवल बहुमुखी क्याम्पस का विधार्थी नेता माधव के. सि ले उक्त ध्यानाकर्षण पत्र क्याम्पस प्रमुख समक्ष पढेर सुनायका थिए।
नेविसंघ बुटवल बहुमुखी क्याम्पस कार्यबाहक सभापति ऋषि भण्डारीले १ हप्तामा आफ्नो माग पूरा नभय चरणबद्व रूपमा आन्दोलन चर्काउने बताय ।
नेविसंघको ध्यानाकर्षण पत्रलाई बुझ्दै बुटवल बहुमुखी क्याम्पस प्रमुख डा. खिमानन्द न्याैपानेले विद्यार्थी संगठनले समय समयमा क्याम्पस प्रशासनलाई झगझगाय काम गर्न हाैसला मिल्ने भन्दै नेविसंघको उक्त मागलाई क्याम्पस प्रशासनले १ हप्तामा पूरा गर्ने बाचा गरे साथै नेविसंघ बुटवल बहुमुखी क्याम्पस इकाई समितिलाई धन्यवाद ज्ञापन गरे ।
ध्यानाकर्षण पत्र