Advertisement
विज्ञापन

ओलिजिको भुमिकाले एकताको बाटो खुल्यो: बलदेव



Advertisement
विज्ञापन

प्रेम सुनार

नेकपा माओबादि केन्द्रका केन्द्रिय सचिब चक्रपाणी खनाल ( बलदेव ) ले बर्तमान सत्ता समीकरणमा आफ्नो पार्टिका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपि शर्मा ओलिको सकारात्मक भुमिकाले एमाले सङ्ग पुन पार्टी एकताको बाटो खुलेको बताएका छ्न् । पार्टिको लुम्बिनी प्रदेश कमिटी इन्चार्ज समेत रहेका खनालले गुल्मी जिल्ला पार्टिको जिल्ला कमिटी बैठकलाई सदरमुकाम तम्घासको पार्टी कार्यालयमा सम्बोधन गर्दै यस्तो बताएका हुन ।


Advertisement
Advertisement

बर्तमान सरकार निर्माण नहुनुको अन्तिम चरण सम्म काग्रेस सङै सरकार निर्माण गर्नु पर्छ भनेर माओवादी केन्द्र लागेको तर काग्रेसका रामशरण महत लगायतका केही नेताहरुले शेर बहादुर देउवालाई गलत सल्लाह दिदा गठबन्धन भत्काएर एमाले सङ्ग समिकरण गर्दै अहिलेको सरकार बनेको उनको भनाइ थियो ।

यो सरकार निर्माणमा ओलिजिको सकारात्मक भुमिका रहेको जसका कारण पार्टी एकताको बाटो खुलेको तर तत्काल सम्भावना नरहेको बरु माधव नेपाल , उपेन्द्र यादव र जनमत पार्टी सङ्ग एकताका लागि छल्स्फल चलिरहेको उनले बताए ।

पुर्व कृषी मन्त्री समेत रहेका नेता खनालले आफुले मन्त्रालय सम्हाल्दा बार्षिक १३ अर्बको कृषी सामाग्री बाहिर बाट भित्रीने गरेको अनुभव सुनाउदै निर्यात गर्ने नेपालमा कम भएकोले कार्यकर्तालाई उत्पादन लाग्न निर्देश दिए ।

दक्षिण एशियामा भुटन बाहेक नेपाल समेत भ्रष्टाचारि मुलुक रहेकोले भ्रष्टाचार अन्त्य गर्न अहिलेको सरकार लागेको उनको भनाइछ ।

प्रचण्ड नेतृत्व सरकारले जनताले अरुले भ्स्न्दा केही राम्रा योजनाहरु ल्याए है भन्ने गरि काम गर्नु पर्ने उनको सुझाव थियो ।

बैठकमा कार्यकर्ताहरुले यसपालिको चुनावमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले माओवादी उमेदवारले हार्नु परेको रिपोर्टिङ गरेका थिए । तर बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले काङ्ग्रेसले माओवादीलाई घात गर्यो भन्नू गलत भएको बताए म

बैठकमा सो पार्टी क्षेत्र नम्बर १ क प्रदेशका इन्चार्ज तेजेन्द्र सलामी , ख का अध्यक्ष गिता थापा , क्षेत्र नम्बर २” प्रदेश क बाट मुसिकोट नगरकमिटी अध्यक्ष युवाराज खरेल , ख प्रदेशका इन्चार्ज भुपाल पोखरेलले रिपोर्टिङ गरेका थिए । सो पार्टी गुल्मी जिल्ला इन्चार्ज वीर बहादुर कार्कीको अध्यक्षत र सचिब अशोक थापाको संचालनमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको सो पार्टिले जनाएकोछ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement