
बुटवल । लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले तिलोतमा ४ मा रहेको जनज्योति मा वि को ५५ ओैं वार्षिकोत्सब तथा अभिभावक दिवसका अवसरमा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै राजनैतिक क्रान्ति सफल भएको र अब मुलुक समाजिक न्यायमा आधारित आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको छ । यसमा सम्पूर्ण नागरिकको भुमिका महत्त्वपूर्ण रहनुका साथै मुलुकको समृद्धिका लागि सामुदायिक विद्यालयहरुको शैक्षिक कार्यक्रम र कार्यरत शिक्षक तथा कर्मचारीहरुले पेसागत ईमानदारीता, जवाफदेहिता , विश्वसनीयतालाई गुमाउन नहुने र यसका लागि हरपल कोशिस गरिरहनु पर्ने छ । पछिल्लो समयमा शैक्षिक जनशक्ति विदेश पलायन बढ्दो क्रममा रहेकोले यसलाई निरुत्साहित गर्नका लागि अब हाम्रा पाठ्यक्रमहरु पढ्दै कमाउदै तर्फ केन्द्रीकृत हुनु पर्ने यसो भएमा मात्रै नेपालले विश्वव्यापीकरणको फाईदा लिन सक्नेछ । आफुले कुनै समयमा शिक्षण समेत गरेको विद्यालयको ५५ ओैं वार्षिकोत्सब समारोहमा उपस्थित हुन पाउँदा खुसी लागेको उनले बताउदै विद्यालयको आगामी कार्यक्रममा सक्रिय सहयोग पुराउने प्रतिबद्धता व्यक्त गर्दै शुभकामना दिएका थिए ।