नेपाल मगर विधार्थी संघकाे महाधिवेशन पुर्वसन्धामा पत्रकार सम्मेलन
बुटवल । ” जातिय पहिचान सहितको हाम्रो आन्दोलन! वैज्ञानिक , व्यवहारिक बहुभाषिक शिक्षा प्रणालीकाे पक्षमा ११अाैँ राष्ट्रिय महाधिवेशन भन्ने मुल नाराका साथ नेपाल मगर विधार्थी संघ राष्ट्रिय महाधिवेशनकाे तयारी पुरा भयकाे नेपाल मगर विधार्थी संघले पत्रकार सम्मेलन मार्फत जानकारी दियकाे हाे ।
उक्त कार्यक्रममा नेपाल मगर विधार्थी संघ केन्द्रीय सह अध्यक्ष दल बहादुर विरत्ता मगरले मगरले मन्तव्य राख्दै विधार्थी एकजुट भई महाधिवेशन सफल पार्न अनुराेध गर्नुभयाे ।
त्यस्तै कार्यक्रमकाे अध्यक्ष तथा नेपाल मगर विधार्थी संघ केन्द्रीय अध्यक्ष विष्णु कुमार थापा मगरले नेपाल विधार्थी संघकाे ईतिहास काेट्टाउदैँ सुन्दर देश नेपालमा पृथक पहिचान बाेकेकाे मगर विधार्थी संघ २०५१ फाल्गुन २७ गते स्थापना भयदेखि अहिले सम्म निरन्तर रूपमा विधार्थीहरूकाे साझा सङगठना रूपमा काम गरेकाे बताउनु भयाे त्यस्तै नेपाल मगर विधार्थी सघंले हालसम्म ७० भन्दा बढि जिल्ला,५५ वटा आङ्गिक क्याम्पस र १ हजार भन्दा बढि क्याम्पस हरूमा सङगठन विस्तार भयकाे पनि बताउनुभयाे ।
संगठनकाे कार्यकालकाे समीक्षा सहित नयाँ नेतृत्व चयन गर्नकाे लागि बुटवल उपमहानगरपालिका , रूपन्देहीमा ” जातिय पहिचान सहितकाे संघियताकाे लागि हाम्रो आन्दोलन !वैज्ञानिक ,व्यवहारिक ,बहुभाषिक शिक्षा प्रणालीकाे पक्षमा ११अाैँ राष्ट्रिय महाधिवेशन ” भन्ने मुल नाराका साथ माघ ०७र०८ गते संघकाे ११अाैँ राष्ट्रिय महाधिवेशन सम्पन्न हुन गरिरहेकाे सहर्ष जानकारी गराँउदैँ माघ ०७ भाेलि बिहान १० बजे राजमार्ग चौराहाबाट मगर समुदायको विभिन्न भेषभुषा सहितको र्याली बुटवल बहुमुखी क्याम्पससम्म जाने ठिक ११:०० बजे अाैपचारिक कार्यक्रम सुरू गर्ने र माघ ०८ गते मगर सभाहल तिलाेत्तमा -०३ याेगिकुटिमा बिहान १०:०० बजे देखि बन्दसत्र सुरू हुने संयाेजक फालले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयाे ।
महाधिवेशनमा देशभरबाट गरी ६०१ जना प्रतिनिधिहरुको सहभागिता रहने छ । महाधिवेशनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको केन्द्रिय सदस्य तथा महाधिवेशन आयोजक समितिका संयोजक मनिष फालले जानकारी दिए । यस्तै महाधिवेशनमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिले पनि विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनले आगामी २ वर्षका लागि ५७ सदस्यीय केन्द्रिय समिति चयन गर्ने छ । महाधिवेशनले बुटवल घोषणापत्र समेत सार्वजनिक गर्ने छ ।