Advertisement
विज्ञापन

पर्सा निकुञ्जभित्र झाडी सफाई, जनावरको त्रासका बाबजुद जंगलकै बास



Advertisement
विज्ञापन

बारा । पर्सा जिल्लाको भाटा घर भएकी मालादेवी अधिकारी बर्सेनि एकदेखि डेढ महिना पर्सा राष्ट्रिय निकुञ्जभित्रको फायरलाईन (वनपथ) सफाईमा खट्छिन् । निकुञ्जभित्र वनपथ सफाई गर्दा कहिले बाघसँग त कहिले भालु, अर्ना र हात्तीसँग जम्काभेट हुन्छ । यसका बाबजुद उनको बास एक÷डेढ महिना जंगलमै हुन्छ ।

‘जंगलमा बसेको एक महिनाभन्दा बढी भइसक्यो, म त आत्तिसकेको छु, कहिले घर जाउँ जस्तो लागिसक्यो,’ पुसको पहिलो साता पर्सा राष्ट्रिय निकुञ्जभित्र भेटिएकी उनले भनिकुञ्जले बर्सेनि बारा, पर्सा र मकवानपुर जिल्लाको आफ्नो कोर क्षेत्रमा करिब २ सय किलोमिटर फायरलाईन सफाई गर्दछ । ‘जंगलमा फायरलाईन सफाई गर्न एकदेखि डेढ महिना लाग्छ, यताबाट उता, उताबाट यता सबै बाटो सफा गरेर ग्रासल्याड (घाँसे मैदान) पनि सफा गर्छौं हामी,’ मालादेवीले भनिन्, ‘कहिले किलोमिटरमा, कहिले दैनिक ज्यालादारीमा काम गर्छौं, ज्यालादारीमा दैनिक खाना, खाजासहित ७ सय रुपैयाँ पाईन्छ, किलोमिटरमा ३ हजार २ सय रूपैयाँ पाइन्छ ।’निन् ‘जंगल सफाई गर्दा ३ वटा बाघ र २ वटा अर्ना भेटियो, एउटा त हान्नै आयोे, हामीसँग जेसीबी थियो र बाँच्न सक्यौं ।’


Advertisement
Advertisement
Advertisement

मालादेवीजस्तै पर्सा, रामहोरी भाटाका ६४ वर्षीय सोहर चौधरी फायरलाईन सफाईको क्रममा हात्ती, अर्ना, चितुवा, बाघ, भालुसँग ज्यान जोगाउन मुस्किल हुने बताउँछन् । ‘जंगलको काम गर्न थालेको कति दिन भयो ठेगान छैन, जंगलमा बाघसँग अलि डर लाग्छ, मान्छेको समूह देखेपछि बाघ त भाग्छ भालु भाग्दैन, छोपेर हान्न आउँछ, जंगली हात्तीको पनि धेरै डर हुन्छ,’ चौधरीले भने ‘जंगलमा सफाई गर्दा हामी जंगलमै बस्छौं, भात यहीँ खाइन्छ’ मालादेवी अधिकारी र सोहर चौधरी जस्तै रामहोरी भाटाका सयौं स्थानीय यसरी नै डेढ दशकदेखि प्रत्येक वर्ष निकुञ्जभित्रका फायरलाईन सफाईमा खट्ने गर्दछन् ।

निकुञ्जले पनि नयाँ मजदुरहरुले जंगलभित्र काम गर्न नसक्ने भन्दै बर्सेनि पुरानै मजदुरहरुलाई सफाईमा खटाउने गर्दछ । महिला, पुरुष गरेर १० देखि १५ जनाको समूहमा करिव १ हजार ५ सय जनालाई बर्सेनि झाडी सफाईमा खटाउने गरेको पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर हिमाल पाठकले जानकारी दिए ।

झाडी सफाईको क्रममा जंगली हात्ती, बाघ, भालुसँग पटक पटक जम्काभेट हुने र एक÷डेढ महिनासम्म निकुञ्जमै बस्नुपर्ने भएकाले फायरलाईन सफाईको काम जोखिमपूर्ण भएको बताउँछन् सोहर चौधरी । ‘जंगलमा छिरेपछि झाडी सफाई गर्न एक÷डेढ महिना लाग्छ, भात खाने र कहाँ बस्ने ठेगान हुँदैन । जहाँ पानी भेटिन्छ, त्यहीँ भात पकाएर खान्छौं,’ चौधरीले भने ।

करिब डेढ दशक अघि पर्साको रामहोरी भाटा र रमौली प्रतापपुरका २ वटा गाँउका करिब २ सय घरधुरीलाई निकुञ्जले हालको सखुवा प्रसौनी र पटेर्वा सुगौली गाउँपालिकामा स्थानान्तरण गरेर सो क्षेत्रलाई निकुञ्जभित्र गाभेको थियो ।

विगतमा निकुञ्जभित्र बसेर जंगलका कुना कुना जाने बुझेका तिनै स्थानीयले बर्सेनि झाडी सफाईको काम गर्ने गर्दछन् । नयाँ समूहलाई जिम्मा दिँदा जंगलभित्रको कामै गर्न नसक्ने भएकाले स्थानीयलाई नै वनपथ सफाईमा खटाउने गरेको रेन्जर पाठकले बताए ।

‘फायर लाईनलाई बर्सेनि यसरी सफाई गर्दा निकुञ्जभित्र डढेलो नियन्त्रण, चोरी तस्करीमा संग्लनलाई पक्राउ गर्न र पर्यटकहरूका लागि पैदल तथा मोटरबाटोबाट वन्यजन्तु अवलोकन गर्न धेरै सजिलो हुन्छ,’ पाठकले भने ‘हामीले वर्षायाम सकिएपछि असोजदेखि पुससम्म निकुञ्जभित्रको करिब २ सय किलोमिटर वनपथमा एक हजारदेखि १५ सय मान्छे खटाएर सफाइको काम गर्छौं ।’

 

पर्सा राष्ट्रिय निकुञ्ज बारा, पर्सा र मकवानपुर गरी ३ जिल्लाको करिव १६ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ । पछिल्लो समय निकुञ्जभित्र गणना भएका ३ प्रजातिका वन्यजन्तुमध्ये गौरीगाँई, दुर्लभ पाटे बाघको संख्या बढेको छ ।

सन् २०१८ मा भएको बाघ गणनामा १८ वटामात्रै पाटे बाघ रहेको पर्सा निकुञ्जमा सन् २०२२ मा भएको गणनामा दोब्बर भन्दा पनि बढेर ४१ वटा पुगेको छ भने गौरी गाईको संख्या १६४ र ३ वटा एकसिङ्गे गैंडा निकुञ्जभित्र छन् । बर्सेनि निकुञ्जभित्रका वनपथको सफाईले पर्यटकहरूका लागि वन्यजन्तु अवलोकन गर्न मात्रै नभएर वन्यजन्तुको बासस्थान, खानपान र पानी पिउन पनि सहज बनाएको छ ।

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad