Advertisement
विज्ञापन

नेपाल टी–२० लिग : लुम्बिनीद्वारा विराटनगर पराजित



Advertisement
विज्ञापन

निकै रोमाञ्चक बनेको खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सलाई २ रनले पराजित गरेको छ । अन्तिम बलमा जीतका लागि विराटनगरलाई ४ रनको आवश्यकता भएकोमा प्याट ब्राउनले डट बल फाल्दै लुम्बिनीलाई जीत दिलाएका हुन् ।

१ सय ५८ रनको लक्ष्य पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि हुसेन तलतले सर्वाधिक ३९ रन तथा रोहित पौडेलले २५ रनको योगदान दिए । कप्तान आन्द्रे म्याकाथी र विवेक यादव ११ र १२ रनमा नटआउट रहे पनि टोलीलाई जीतसम्म डोर्याउन सकेनन् । लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए ।


Advertisement
Advertisement
Advertisement

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको लुम्बिनी अल स्टार्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । लुम्बिनीका लागि श्रीलङ्काली खेलाडी लाहिरु मिलान्थाले नटआउट रहँदै सर्वाधिक ८० रनको योगदान लिए । उनले ६३ बलमा ५ चौका र ४ छक्का हिकाए । त्यस्तै कुशल भुर्तेलले २६ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले १६ रन बनाए । विराटनगर सुपर किंग्सका लागि नन्दन यादव, हुसैन तलत, शहाब आलम, शिकन्दर राजा र आन्द्रे म्याकर्थीले १–१ विकेट लिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad