Advertisement
विज्ञापन

जुत्ता सिलाउँदै उच्च शिक्षा पढ्छिन् गुल्मीकी सम्झना



Advertisement
विज्ञापन

प्रेम सुनार,गुल्मी  । त्यस्तै १७/१८ वर्ष उमेर समुहको देखिने एउटी किशोरी गुल्मीको सदरमुकाम तम्घासको ब्यस्त बजार भिमचोकको सडक छेउँको पसलमा छालाको जुत्ता सिलाउनमा ब्यस्त देखिन्छिन् । पाहडी भेगमा नेपाली समुदायका मानिसहरुले छालाको जुत्ता सिलाउने पेशालाई परम्परागत अर्थात जातिगत पेशाका रुपमा लिने गर्दछन् ।                                                                                                                            पाहडी भेगको हाटबजार बाहेक गाउँमा उक्त पेशा लोप भईरहेको छ र त्यस समुदायका पुरुषहरु अन्य विभिन्न पेशामा पलायन भईरहेका बेला उनी भने छालाको जुत्ता सिलाउने पेशा अंगालेको देख्दा मानिसको सोचमा परिवर्तन आएको अनुभूत गर्न सकिन्छ । उनि हुन सम्झना नेपाली । जसले सदरमुकाम तम्घासमा उच्च शिक्षासँगै छालाका जुत्ता सिलाउने पेशालाई अगाडि बढाउँदैछिन् ।

उनका बाबु चन्द्रबहादुर नेपाली गाउँमा जुत्ता सिलाउने पेशा लोप हुँदै गएपछि गुल्मीकै इस्मा गाउँपालिका–२ हस्तीचौरबाट आज भन्दा १३ वर्ष अघि तम्घासमा आई जुत्ता सिलाउने पेशालाई निरन्तरता दिन सुरु गरेका थिए । उनले जुत्ता सिलाएरै छोरा छोरी पढाउनेदेखि तम्घासमा दुई तल्ले पक्की घर पनि बनाई सके ।


Advertisement
Advertisement
Advertisement

छोरी सम्झना पनि बाबु संगै १२/१३ वर्षको उमेरदेखि जुत्ता सिलाउन सिकिन । तम्घासकै शिद्धबाबा माध्यामिक विद्यालयमा पढ्दै खाली समयमा जुत्ता सिलाउने सम्झना अहिले दक्ष भई सकेकी छन् । त्यस विद्यालयमा कक्षा १२ को पढाई सकाएकी उनी अब ब्याचलर पढ्ने तयारीमा रहेको बताउँछिन् ।

चाहेमा आफूले भोलीका दिनमा एक्लै पनि जुत्ता पसल राख्न सक्ने उनले सुनाईन । आफ्नो समुदायका अधिकांस मानिसहरु उक्त पेशाबाट पलायन भई रहेको बेला एउटी छोरी मान्छेले जुत्ता सिलाउन लागेको देख्दा त्यही समुदायका पुरुषहरु सोही पेशामा फर्किन उनले प्रेरण दिएको पाईन्छ । कुनै पनि काम गरेर खान लजाउन नहुने बताउँदै जुत्ता सिलाउने पेशा र उच्च शिक्षा अध्यानलाईसँगै अगाडी बढाउने उनको सोच छ ।

त्यसो त सम्झनाले झै तम्घासमा उनकी आमा सहितका अन्य महिलाहरुले पनि जुत्ता सिलाउने गरेका छन् । त्यस्तै तम्घासका केहि पसलहरुमा महिलाहरुले कपाल काट्ने पेशा समेत गर्दै आएका छन् । हुन त पछिल्लो समय मानिसमा शिक्षा र चेतना बृद्धिसँगै पेशा कुनै पनि जातिगत न लैङ्गिक हुन छाडेको छ । यो निकै सकरात्मक विकास हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad