Advertisement
विज्ञापन

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले जित्यो विश्वकप



Advertisement
विज्ञापन

काठमाडौँ । विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा पेनाल्टी सुट आउटमा फ्रान्सलाई ४-२ गोलले हराउँदै अर्जेन्टिना विश्व विजेता बनेको हो ।

निर्धारित समय तीन तीन गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाई ब्रेकरबाट भएको थियो । २ पटक अग्रता लिए पनि जोगाउन नसक्दा अर्जेन्टिनाले जितका लागि पेनाल्टीसम्म पर्खनुपरेको थियो ।


Advertisement
Advertisement
Advertisement

८० मिनेटसम्म अर्जेन्टिनाले २ शून्यले अग्रता लिएको खेलमा फ्रान्सका केलियन एम्बाप्पेले २ मिनेटमा २ गोल गर्दै खेल बराबरीमा  पुर्‍याएका थिए । त्यसपछि थप भएको समयमा पनि अर्जेन्टिनाले गोल गर्दै अग्रता लिएको थियो । तर, फ्रान्सका एम्बाप्पेले फेरि पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा पुर्‍याएपछि खेलको निर्णय टाई ब्रेकरबाट भएको थियो ।

फ्रान्सका  एम्बाप्पेले ३ गोल गरे पनि टिमको जितका लागि पर्याप्त हुन सकेन । उनले निर्धारित र थप गरिएको समयमा ३ गोल गरेका थिए । उनले टाई ब्रेकरमा पनि थप १ गोल गरे तर २ सहकर्मीको प्रहारले गोलपोष्टको दिशा लिन नसक्दा फ्रान्स पराजित भयो ।

यससँगै, लगातार २ विश्वकप जित्ने फ्रान्सको सपना पूरा हुन सकेन भने विश्वकप जित्ने मेस्सीको सपना भने पूरा भएको छ ।

अर्जेन्टिना समग्रमा तेस्रो पटक विश्व विजेता बनेको हो । अर्जेन्टिनाले ३६ बर्षपछि विश्वकप फुटबलको उपाधि जितेको हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad