Advertisement
विज्ञापन

लुम्बिनी प्रदेशमा २२ दलको जमानत जफत



Advertisement
विज्ञापन

पाल्पा,लुम्बिनी प्रदेशमा २२ दलको जमानत जफत भएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ थ्रेसहोल्ड (कुल सदरमतको ३ प्रतिशत) नकटाउने २२ दलको जमानत जफत भएको हो ।


Advertisement
Advertisement
Advertisement

यस प्रदेशमा ३२ दलले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । ३२ दलमध्ये २२ वटाको थ्रेसहोल्ड नकटेपछि जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार १० दलले मात्रै थ्रेसहोल्ड कटाएका छन् । समानुपातिक प्रणालीमा थ्रेसहोल्ड कटाउन प्रतिनिधिसभामा कूल सदर मतको ३ प्रतिशत र प्रदेशसभामा १ दशमलव ५ प्रतिशत प्राप्त गर्नुपर्ने व्यवस्था छ । प्रदेशको समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसकेका दलहरू हाम्रो नेपाली पार्टीले २७ हजार ७ सय ४, राष्ट्रिय जनमुक्ति पार्टीले १७ हजार ८ सय ६७, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले १५ हजार १ सय ९, मंगोल नेशनल अर्गनाइजेसनले ११ हजार ८ सय ६७, नेकपा (माले)ले ६ हजार ४ सय ४५, नेपाल जनता पार्टीले ५ हजार २ सय २२, बहुजनशक्ति पार्टीले ४ हजार ४६, राप्रपा नेपालले ३ हजार ३ सय ४९, नेपाल सुशासन पार्टीले २ हजार ७ सय ९१, नेपाल संघीय समाजवादी पार्टीले १ हजार ९ सय १२ मतमात्र पाएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै नेपाल मजदुर किसान पार्टीले १ हजार ६ सय ५९, नेपालका लागि नेपाली पार्टीले १ हजार ६ सय ७, नेपाली जनता दलले १ हजार ४ सय १९, नेपाली कांग्रेस बीपीले १ हजार २ सय ८८, जनसमाजवादी पार्टीले १ हजार २ सय १४, नेपाल लोकतान्त्रिक पार्टीले १ हजार २ सय ७, नेपाल दलित पार्टीले १ हजार १४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९ सय ७३, मौलिक जरोकिलो पार्टीले ९ सय २८, विवेकशील साझा पार्टीले ७ सय ९१, नेकपामा ओवादी समाजवादीले ४ सय ८९ र नेशनलिस्ट पिपुल्स पार्टीले ४ सय ५७ मत प्राप्त गरेका छन् । यस्तै लुम्बिनी प्रदेश सहित देशैभरबाट प्रतिनिधिसभामा समानुपातिक तर्फ थ्रेसहोल्ड नकटाउने ४० वटा दलको जमानत जफत भएको छ । बन्दसूची पेस गर्ने ४७ दलमध्ये प्रत्यक्षतर्फ सिट जितेका पाँचसहित ४० दलले समानुपातिकमा एक सिट पनि पाउन नसकेका हुन् । निर्वाचन कानुनमा प्रतिनिधिसभामा र प्रदेशसभामा कुनै दलले समानुपातिकमा कम्तीमा एक सिट प्राप्त गर्न नसके धरौटी जफत हुने व्यवस्था छ । प्रतिनिधिसभामा ७ वटा दल मात्रै प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकमा ३ प्रतिशत मत कटाएर राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र, राप्रपा, जसपा र जनमत पार्टीले मात्रै जमानत जोगाएका हुन् । प्रत्यक्षमा १० सिट ल्याएको एकीकृत समाजवादी, ३ सिट ल्याएको नागरिक उन्मुक्ति, ४ सिट जितेको लोसपा, १ सिट जितेका नेमकिपा र राष्ट्रिय जनमोर्चाको जमानत जफत भएको छ । प्रत्यक्षमा एक सिट पनि नजित्ने ३५ दल छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad