‘मानेलाई ठिक बनाउन सेनेगलले झाक्रिको प्रयोग गर्दैछ’

फिफाकी महासचिव फात्मा समौराले सेनेगलले साडियो मानेलाई विश्वकपका लागि फिट हुन झाक्रिको प्रयोग गर्ने बताएकी छन् । माने मंगलबार जर्मन बुन्डोस लिगा फुटबल अन्तर्गत वेर्ड बे्रमेनमाथि बार्यनले ६–१ गोलको जित निकाल्दा घाइते भएका थिए । ३० वर्षीय मानेलाई सनेगलले विश्वकपको २६ सदस्य टोलीमा समावेश गर्ने योजना बनाएको छ ।

सेनेगलका मुख्य खेलाडी रहेका मानेलाई चाँडै ठीक बनाउ विभिन्न उपायहरू अपनाइ रहेको समौराले बताइन् । ‘हामी चमत्कारको आशामा छौँ । उनी टिममा हुनैपर्छ । चोटग्रस्त साडियो मानेलाई विश्वकपमा पुर्याउन झाक्रिहरु प्रयोग गर्नेछन्,’ फिफा महासचिव फात्मा समौराले भनिन् ।  -डेली मेल 

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार