Advertisement
विज्ञापन

भैरहवामा स्वतन्त्र उम्मेदवार राप्रपामा प्रवेश, तीन दलीय गठबन्धनलाई समर्थन



Advertisement
विज्ञापन

रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार नवाब मुसलमान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् ।


Advertisement
Advertisement
Advertisement

बिहीबार भैरहवामा आयोजित एक कार्यक्रमका बीच राप्रपा वरिष्ठ नेता, पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा, पूर्व गृहमन्त्री निरञ्जन थापा, राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ निवासी स्वतन्त्र उम्मेदवार नवाब मुसलमानको नेतृत्वमा उनका ३ सय जना समर्थक राप्रपामा प्रवेश गरेको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्रीले बताए ।

राप्रपा, एमाले र जसपाको उम्मेदवारको पक्षमा रुपन्देही क्षेत्र नम्बर ३ मा माहौल बनिरहेको छ । सोमबार  लोसपा त्याग गरी पूर्व मन्त्री कल्पना पान्डेले तीन दलीय तालमेलको तर्फबाट साझा उम्मेदवार रहेका राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा, जसपा नेता महेन्द्र यादव र एमाले नेता तुलसी चौधरीलाई समर्थन गरेकी थिइन् ।

भैरहवा क्षेत्रका मुश्लिम समुदायमा राम्रो प्रभाव भएका अगुवाको रूपमा परिचित छन् ।

न्युज कारखाना

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad