बलात्कारको आरोप लागेका श्रीलङ्काली क्रिकेटरलाई धरौटीमा रिहा गर्न अस्वीकार

श्रीलङ्काका क्रिकेटर धनुष्का गुनाथिलाकालाई सोमबार सिड्नीको अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ । न्यायाधीश रोबर्ट विलियम्सले धनुष्काको यसअघि कुनै पनि आपराधिक रेकर्ड नभएको ‘नोट’ गरे पनि धरौटीमा रिहा गर्न भने अस्वीकार गरेका हुन् । धनुष्काका वकिल आनन्द अमरनाथले फैसलालाई ‘निराशाजनक’ भएको प्रतिक्रिया दिएका छन् ।

धनुष्कालाई आइतबार सिड्नीको होटलबाट बलात्कारको आरोपमा पक्राउ गरिएको थियो । उनी टी–२० विश्वकप खेल्न अस्ट्रेलिया पुगेका थिए । श्रीलङ्काली क्रिकेट टोलीका बाँकी सदस्य भने स्वदेश फर्किसकेका छन् । घटनाबारे श्रीलङ्का क्रिकेट (एसएलसी)का अध्यक्ष शामी सिल्भाले धनुष्कालाई सहयोग गरिरहेको बताउँदै थप प्रतिक्रिया दिन अस्वीकार गरे ।

सोमबार नै बोर्डले धनुष्कालाई सबै खाले क्रिकेटबाट निलम्बित गरेको थियो । बोर्डले धनुष्कामाथि लागेको आरोपको तीव्र सुनुवाइका लागि आवश्यक कदम चाल्ने र अदालतबाट दोषी ठहरिए आवश्यक कारबाही गर्ने पनि जनाएको छ । बोर्डले खेलाडी गर्ने यस्ता कार्यमा शून्य सहनशीलता अपनाउने स्पष्ट पार्दै अस्ट्रेलियाको नियामक निकायलाई निष्पक्ष छानबिनका लागि सहयोग गर्ने पनि जानकारी दिएको छ

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार