Advertisement
विज्ञापन

विकास, निर्माणमा प्रतिवद्धता माग्दै मतदाता



Advertisement
विज्ञापन

सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण नै हो । तथापि नेपालका विकास, निर्माणको अगुवाइसमेत सांसदले गर्दै आएका छन् । सोही कारणले अहिले उम्मेदवारसँग मतदाता विभिन्न विकास, निर्माणका प्रतिवद्धता मागिरहेका छन् ।


Advertisement
Advertisement
Advertisement

कास्की ३ का मतदाताले पनि शनिबार सत्ता गठबन्धनका उम्मेदवारसँग आफूले भोग्नुपरेका अप्ठेरा सुनाए । आवश्यक विकास, निर्माणको प्रतिवद्धता मागे । कास्की ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बराल ९जीवन०ले निर्वाचनपछिको विकास, निर्माणका काममा पनि गठबन्धनकै सहकार्यमा अघि बढ्ने बताए । उनले मेलबोट अस्ताम, धिताल धुम्पुस सडक चाँडै कालोपत्र हुने प्रतिवद्धता जनाए ।

गण्डकीका अर्थमन्त्रीसमेत रहेका बरालले भने, ‘चालु आर्थिक वर्षमा यो बाटाका लागि १० करोड विनियोजन भई काम सुरु भइसकेको छ ।’ उनले यो क्षेत्रमा रहेको खानेपानीको समस्या समाधान र पर्यटनका सम्भावना खोजी जनताको जीवनस्तर उकास्ने प्रतिवद्धता गरे ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रबाट कास्की ३ ९१० का उम्मेदवार दुर्गादत्त भण्डारीले कृषि, पर्यटन र ऊर्जाको योजनावद्ध विकासबाट माछापुच्छ्रे गाउँपालिकाको समृद्धि सम्भव हुने बताए । उनले आफू असम्भव प्रतिवद्धता गर्नेभन्दा गरेका प्रतिवद्धता कार्यान्वयनमा विश्वास राख्ने सुनाए ।

चुनावी घरदैलोमा संविधानसभा सदस्य शारदा पौडेल, माओवादी केन्द्रकी केन्द्रीय सदस्य दुर्गा विक, माओवादी नेता आशमान रोका, कांग्रेस माछापुच्छ्रे सभापति वीरेन्द्र गुरुङ, बाम लोकतान्त्रिक गठबन्धन ३ ९१० का संयोजक विष्णुबहादुर केसी लगायत सहभागी थिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad