Advertisement
विज्ञापन

पाकिस्तान माथि भारतकाे राेमाञ्चक जित विराट बने हिराे



Advertisement
विज्ञापन

अस्ट्रेलियामा आठौं संस्करणको आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध भारत ४ विकेटले विजयी भएको छ । आइतबार भएको दोस्रो खेलमा पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर भेट्टायो । अन्तिम ओभरमा भारतलाई जितका लागि ६ बलमा १६ रन आवश्यक थियो ।
यो ओभरको पहिलो बलमै हार्दिक पाण्ड्या आउट भए । दोस्रो बलमा दिनेश कार्तिकले एक रन लिए । तेस्रो बलमा कोहलीले दुई रन जोडे । चौथो बलमा भारतले ७ रन जोड्यो । यो बलमा अम्पायरले फ्रि–हिट दिए । फ्रि–हिटमा कोहलीले एक रन लिए । चौथो बलमा कोहलीले तीन रन जोडे । पाँचौं बलमा कार्तिक आउट भए । त्यसपछि मोहम्मद नवाजले वाइड बल फाले । अन्तिम बलमा रविचन्द्रन आश्विनले चौका हिर्काउँदै भारतलाई जित दिलाए ।

भारतको जितमा विराट कोहली ‘नायक’ सावित भए । ५३ बलको सामना गरेका उनले चार छक्का र ६ चौकासहित अविजित ८२ रनको योगदान दिए । टिमको स्कोर ३१ रनमा ४ विकेट गुमाएको कठिन अवस्थाबाट कोहलीले पारी सम्हाले । उनी र हार्दिक पाण्ड्याबीच पाँचौं विकेटका लागि ७८ बलमा ११३ रनको साझेदारी बन्यो ।
कोहलीले ४३ बलमा तीन चौका र दुई छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए । टी–२० अन्तर्राष्ट्रियमा उनको यो ३४ औं अर्धशतकीय पारी हो । त्यस्तै, हार्दिक पाण्ड्याले ३७ बलमा दुई चौका र एक छक्कासहित ४० रनको पारी खेले । सूर्यकुमार यादवले १० बलमा १५ रन जोडे ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । पाकिस्तानका लागि हरिस रौफ, मोहम्मद नवाजले दुई/दुई र नसीम शाहले एक विकेट लिए । त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डसमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनायो ।
उसका लागि मध्यक्रमका ब्याटरद्वय इफ्तिखार अहमद र शन मसूदले अर्धशतकीय पारी खेले । ३४ बलको सामना गरेका इफ्तिखारले चार छक्का र दुई चौकासहित ५१ रन बनाए । टी–२० अन्तर्राष्ट्रियमा अहमदको यो दोस्रो अर्धशतक हो । त्यस्तै, मसूदले ४२ बलमा पाँच चौकाको मद्दतमा अविजित ५२ रन बनाए । उनको यो तेस्रो टी–२० अर्धशतक हो । शाहीन साह अफ्रिदीले आठ बलमा एक छक्का र एक चौकासहित १६ रनको उत्कृष्ट पारी खेले ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । भारतका लागि तीव्र गतिका बलरद्वय अर्शदीप सिंह र हार्दिक पाण्ड्याले उत्कृष्ट बलिङ गरे । ४ ओभरमा अर्शदीपले ३२ रन दिएर तीन विकेट हात पारे । उनले कप्तान बाबर आजम (शून्य), मोहम्मद रिजवान (४) र आसिफ अलि (२) लाई पवेलिएन फर्काए ।
हार्दिकले ४ ओभरमा ३० रन दिएर महत्वपूर्ण तीन विकेट नै लिए । उनले शादब खान (५), हैदर अली (२) र मोहम्मद नवाज (९) लाई आउट गरे । त्यस्तै, मोहम्मद शामीले ४ ओभरमा २५ रन खर्चेर एक विकेट हात पारे । भुवनेश्वर कुमारले चार ओभरमा २२ रन दिएर एक विकेट नै लिए ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad