Advertisement
विज्ञापन

अध्यक्षकप भलिबल प्रतियोगिता आजबाट शुरु



Advertisement
विज्ञापन

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको  रातापोखरा खेल मैदानमा अध्यक्ष कप रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ ।

प्रतियोगिताको उद्धाटन गर्दै छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले शिक्षा, स्वास्थ, पुर्वाधार विकाससँगै खेलकुद क्षेत्रको विकास महत्त्वपूर्ण भएको बताए ।


Advertisement
Advertisement
Advertisement

अध्यक्ष श्रेष्ठले ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्य लागि खेलकुद’ भन्ने नारालाई ध्यानमा राखेर खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले प्राथमिकतामा राख्ने बताए ।

प्रतियोगितामा ८ वडाका ८ टीमको सहभागिता छ । खेलमा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार ,तृतीय  हुनेलाई २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनि पन्थी, वडा अध्यक्षहरू कमल पौडेल, काजिवावु ज्ञवाली, तेजप्रसाद खनाल, बालकृष्ण पोख्रेल, शंकरप्रसाद पाण्डे, नारायणप्रसाद पाण्डे, भिमलाल खनाल, भीष्म कुवर लगाएतको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad