Advertisement
विज्ञापन

नवौँ राष्ट्रिय खेलकुद : मधेश प्रदेशबाट पर्साका यादवले जिते रजत पदक



Advertisement
विज्ञापन

पर्सा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशबाट वीरगंजका करण यादवले रजत पदक जितेका छन् । प्रतियोगिता अन्तरगत शारीरिक सुगठनको ७० किलोग्राम तौलसमूहमा यादवले रजत पदक प्राप्त गरेका हुन् ।

वीरगंजस्थित पब्लिक फिट्नेस सेन्टरका संचालक समेत रहेका यादवले यसअघि धर्मश्री बडी बिल्डिङ प्रतियोगिता लगायत शारीरिक सुगठनसम्बन्धीत विभिन्न राष्ट्रस्तरको प्रतियोगितामा विभिन्न पदकहरु जितेका छन् । उनले सन् २०१६ मा मिस्टर वीरगंजको उपाधी समेत जितेका थिए ।


Advertisement
Advertisement
Advertisement

यादवले उक्त प्रतियोगिताका लागि महिनौदेखि अभ्यास गर्दै आएको बताए । उनले पर्साबासीको माया र साथका पाएकै कारण आफूले विजयी हासिल गरेको भन्दै यो सफलता सम्पूर्ण पर्साबासीको भएको बताए ।

प्रतियोगितामा मधेश प्रदेशबाट यावदको सफलताले पर्साबासी गौरभान्वीत भएको भन्दै उनका समर्थकहरुले बाजागाजा सहित स्वागत गरेका थिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad