Advertisement
विज्ञापन

केन्यामा खडेरीका कारण ९ लाख बालबालिका कुपोषित



Advertisement
विज्ञापन

एजेन्सी । केन्यामा खडेरीका कारण पाँच वर्ष मुनिका करिब ९४२,००० बालबालिका, गर्भवती र सुत्केरी आमाहरू तीव्र कुपोषणको शिकार भएको राष्ट्रिय सुख्खा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले शुक्रबार जनाएको छ।

एनडीएमएले आफ्नो मूल्याङ्कनमा २३ प्रभावित सुक्खा र अर्ध-सुक्खा क्षेत्रहरूमा तीव्र रूपमा कुपोषित बालबालिकाकाहरूको सङ्कलन गरेको छ ।एक लाख ३४ हजार भन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ ।


Advertisement
Advertisement

संस्थाले केन्यामा मानवीय सहायताको तीव्र खाँचोमा परेका व्यक्तिहरूको संख्या हाल ४३ लाख भन्दा बढी रहेको बताएको छ । सो सङ्ख्या गत जुनको ४१ लाखको आसपासामा रहेको थियो ।

एनडीएमएले अधिकांश सुक्खा जिल्लामा चरन र जलस्रोत कम भएका कारण उँट, गाईवस्तु, बाख्रा र भेडा जस्ता सबै पशुपक्षी प्रजातिको मृत्युदर बढेको पनि बताएको छ । यसले साम्बुरु, मन्डेरा, इसियोलो, लामु, मार्सबिट र गारिसा काउन्टीहरूमा पशपक्षीको मृत्यु भएको बताएको छ।

हर्न अफ अफ्रिकाका लाखौं मानिसहरू खडेरीका कारण भोकमरी र मृत्युको सामना गरिरहेका छन्, केन्या, सोमालिया र इथियोपिया सबैभन्दा बढी प्रभावित छन्।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad