नवौँ राष्ट्रिय खेलकुदमा ३६ पदकसहित आर्मी क्लब शीर्ष स्थानमा

गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले अग्रतालाई कायमै राखेको छ ।

आर्मीले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ वटा पदक जितेको छ ।यस्तै, दोस्रोमा रहेको वाग्मतीले छ स्वर्ण, पाँच रजत र दुई कास्य गरेर १३ वटा पदक जितेको छ ।

यस्तै एपीएफले चार स्वर्णसहित १९, गण्डकी प्रदेशले दुई स्वर्णसहित १०, नेपाल पुलिसले दुई स्वर्णसहित ६, सुदूरपश्चिमले एक स्वर्णसहित चार, लुम्बिनीले चार रजत, प्रदेश एकले पाँच कास्य र एनआरएनएले एक कास्य पदक जितेका छन् । कर्णाली र मधेस प्रदेशले अहिलेसम्म पदक जितेका छैनन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै