Advertisement
विज्ञापन

साबा महिला बास्केटबल : श्रीलंका विजेता, नेपाल दोस्रो



Advertisement
विज्ञापन

श्रीलंकाले साबा महिला बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ । मालेमा बुधबार राति माल्दिभ्सलाई हराएर श्रीलंकाले उपाधि जितेको हो । श्रीलंकाले उपाधि जित्दा नेपाल च्याम्पियनसिपमा फेरि उपविजेता बनेको हो । माल्दिभ्समा सम्पन्न प्रतियोगितामा श्रीलंकाले माल्दिभ्सलाई ७२–५९ ले हराएर च्याम्पियन बन्यो ।

माल्दिभ्सलाई हराएसँगै शीर्ष स्थानमा रहेर श्रीलंका च्याम्पियन बनेको हो । योसँगै नेपाल दोस्रो पटक उप विजेता बनेको हो । अघिल्लो संस्करण समेत श्रीलंकाले उपाधि जितेको थियो भने नेपाल उपविजेता बनेको थियो ।


Advertisement
Advertisement
Advertisement

प्रतियोगिताको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । जुन हारले नेपाललाई उपाधिबाट बन्चित गरायो । माल्दिभ्ससँग पराजित भएपनि नेपालले मंगलबार श्रीलंकालाई ५५–४९ ले हराएको थियो ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad