पाकिस्तान लाई हराँउदैँ एसिया कपकाे च्याम्पियन बन्यो श्रीलंका

बुटवल । श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो ।

श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि मोहमद रिजवानले ५५ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । श्रीलंकाका लागि भानुका राजपाक्षेले अविजित रहदै ७१ रनको अर्धशतकीय इनिङ खेले । चामिका करुनारत्नेले अविजित १४ रन बनाए ।

वानिन्दु हसरंगा डी सिल्भाले ३६ तथा धनन्जय डी सिल्भाले २८ रन बनाए । पाकिस्तानका हरिस राउफले ३ विकेट लिए । निशम शाह, शादब खान र इफ्तिखर अहमेदले १र१ विकेट लिए ।

यससँगै श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेकाे हाे।

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै