Advertisement
विज्ञापन

स्याङ्जाको वालिङमा मिनि म्याराथन प्रतियोगिता हुने



Advertisement
विज्ञापन

बिपिन पाण्डे,बुटवल ।स्याङ्जाको वालिङमा मिनि म्याराथन प्रतियोगिता हुने भएको छ । लियोे क्लव अफ वालिङ सिटीको आयोजनामा आगामी असोज ८ गते १९.२ कि मि लामो ‘दोस्रो लियो कप २०२२ मिनी म्याराथन’ प्रतियोगिता हुने भएको हो ।
स्याङ्जाको आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने मुख्य उद्धेश्य राखेर म्याराथन प्रतियाेगीता राखिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । भीरकोट नगरपालिकाको कार्यालयबाट सुरु हुने प्रतियोगिता वालिङ नगरपालिकाको कार्यालयमा आएर टुङ्गिने छ । देशका विभिन्न शहरहरुमा हुँदै आएको म्याराथन प्रतियोगिता स्याङ्जामा पनि आयोजना गरेर खेललाई स्थानीय तहसम्म पु¥र्याइ खेल प्रतिभा खोज्ने आयोजकले जनाएको छ ।
२०७६ सालमा वालिङमा स्थापना भएको लियो क्लव अफ वालिङ सिटीले स्थापना कालदेखि नै सामाजिक कार्यहरु गर्दै आइरहेको छ । कोभिड–१९ संक्रमणको समयदेखि समाजमा रहेका असहाय नागरिकहरुको सेवाको लागि लियो क्लवले काम गर्दै आइरहेको छ ।
खेलकुदका प्रतिभाहरुलाई प्रस्फुटन गराई टोल,जिल्ला र राष्ट्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन म्याराथनको आयोजना गरिएको कार्यक्रम संयोजक हरी रेग्मीले बताउनुभयो ।
खेलका माध्यमबाट आन्तरिक पर्यटन प्रर्वधन तथा सक्षम खेलाडी उत्पादन गर्न म्याराथन प्रतियोगिताले सहयोग पुर्याउने संयोजक रेग्मीले विश्वास व्यक्त गर्नुभयो ।
‘लियो मिनी म्याराथन’मा गण्डकी प्रदेशका तथा अन्य जिल्लाहरुबाट करिब ४०० भन्दा बढी धावकहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
सहभागीहरुमध्ये उत्कृष्ट दश जनालाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम ,द्वितीय,तृतिय,सान्त्वना स्थान हासिल गर्नेलाई क्रमशः रु ३० हजार,२० हजार, १० हजार , ४ हजार नगद पुरस्कार रहेको छ । पाँचौ, छैटौँ र सातौँ हुनेलाई जनही नगद ३ हजार,मेडल र प्रमाणपत्र तथा आठौँ,नवौँ र दशौँ स्थान हासिल गर्ने धावकलाई नगद २ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ ।
प्रतियोगितामा सहभागी प्रत्येक धावकको एक लाख सम्मको देर्घटना बिमा गरिएको क्लवले जनाएको छ । प्रतियोगिताको लागि प्रायोजक तथा दर्ता शूल्क गरी रु ६ लाख ४० हजार आम्दानी अनुमान गरेको क्लवले रु ५ लाख ५४ हजार रुपैयाँ खर्च अनुमान गरेको छ ।
म्याराथन प्रतियोगिता हुने ट्र्याकमा नेपाल प्रहरीसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad