Advertisement
विज्ञापन

वर्षाले खेल प्रभावित हुँदा नेपाल सेमिफाइनलबाट बाहिरियो



Nepal women’s national team members returning to pavilion after bowling against Thailand during the practice match in Bangkok on Thursday, November 24, 2016.Nepal, who are in Thailand to participate in the ACC Women’s Asia Cup beginning on Saturday, faced a 19-run defeat in the match. Photo courtesy: Raman Siwakoti
Advertisement
विज्ञापन

एसीसी महिला टी–२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावित भएको छ । मलेसियाको किनरारा मैदानमा पानी परेपछि नेपाल र यूएईबीचको खेल हुन सकेन । फलतः समूहको उपविजेता नेपाल सेमिफाइनलबाट बाहिरिएको छ भने विजेता यूएई फाइनलमा पुगेको छ ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई ८२ रनको लक्ष्य लक्ष्य दिएको थियो। यूएई १९ ओभर ५ बलमा ८१ रनमा समेटियो ।


Advertisement
Advertisement
Advertisement

यूएईकी वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । त्यस्तै इशा रोहितले १५ र कप्तान छाया मुघलले १४ रन जोडिन् । नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन्। उनी प्लेयर अफ दि म्याच भइन् । यस्तै इन्दु बर्माले ३ र सीता रानामगरले २ विकेट लिइन् ।

अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता मलेसिया र समूह ‘बी’ को विजेता हङकङबीचको खेल केहीबेरमा सुरु हुनेछ ।

स्रोत रातोपाटी

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad