Advertisement
विज्ञापन

टोपबहादुर रायमाझीको क्षेत्रबाट कलाकार दुर्गा बन्जाडेले चुनाव लड्ने



Advertisement
विज्ञापन

अर्घाखाँची – हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन्द्र शाह, धरानमा हर्क राई साम्पाङ र धनगढीमा गोपल हमाल लगायतका स्वतन्त्र उम्मेदवार निर्वाचित भए । देशभरका केही वडादेखि महानगरपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएसँगै नेपाली राजनीतिमा तरङ्ग पैदा भएको छ ।

पछिल्लो नेपालको राजनीतिलाई फोहोरी खेलको संज्ञा दिदै आसन्‍न प्रतिनिधि सभा निर्वाचनमा चर्चित सञ्चारकर्मी रबि लामिछानेदेखि महानायक राजेश हमालसम्म स्वतन्त्र उम्मेदवारीको चर्चा चलिरहेको छ । देशमा रहेका राजनीतिक दलले जनताको भावना र आकांक्षा अनुसार देशको विकासमा काम गर्न नसकेको भन्दै विभिन्न तह तप्कामा रहेर काम गरिरहेका ब्यक्तिलेसमेत प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।


Advertisement
Advertisement
Advertisement

त्यस्तै ३ वर्षदेखि काठमाडौँमा बसेर कलाकारिता क्षेत्रमा पहिचान बनाएका अर्घाखाँचीका दुर्गा बन्जाडेको स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनले भद्रगोल, गोलमाल, ख्यालठट्टालगायत टेलिसिरियलहरुमा अभिनय गर्दै आएका छन् । बन्जाडेले विभिन्न टेलिसिरियलमा गरेको अभिनयलाई दर्शकले पनि रुचाएका छन् । बन्जाडेले १६ वर्षदेखि काठमाडौँमा मसला कम्पनी सञ्चालन गर्दै आएका छन् ।

लामो समयदेखि अर्घाखाँची क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रभावशाली नेता टोप बहादुर रायमाझीको पकट रहेको छ । २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट रायमाझीले जितेका थिए। अहिले उनी नेकपा एमालेमा प्रवेश गरेका छन्।

बन्जाडेले त्यही क्षेत्रमा उम्मेदवारी दिने बताएका छन् । चुनावी मैदानमा नेताहरु जनतालाई चिल्ला भाषण दिने र दिएका बाचा अधुरै राख्ने भएकाले त्यसलाई पूरा गर्न आफूले स्वतन्त्र उम्मेदवारी दिने लागेको बन्जाडे बताए । आफ्नो गाउँठाउँ, जिल्लाको विकास र मुहार फेर्न उम्मेदवारी घोषणाको तयारी गरेको उनको भनाइ छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad