Advertisement
विज्ञापन

गुल्मीका किशोरीलाई लुम्बिनी प्रदेश सांसद गिता थापाको पहलमा आत्मरक्षा तालिम



Advertisement
विज्ञापन

सूर्य सुनार गुल्मी

गुल्मीको रेसुङ्गा नगरमा महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले दुई सय किशोरीलाई आत्मारक्षा तालिम प्रदान गरिएको छ । देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको बेला नेपाल तेक्वान्दो संघ गुल्मीको आयोजनामा किशोरीलाई तीन महिने आत्मारक्षा तालिम दिइएको हो ।


Advertisement
Advertisement
Advertisement

लुम्बिनी प्रदेश सांसद गिता थापाको विशेष पहलमा गुल्मीका किशोरीहरुलाई ३ महिने आत्मरक्षा तालिम प्रदान गरिएको हो ।शनिबार जिल्ला सदरमुकाम तम्घासमा नेपाल तेक्वान्दो संघ गुल्मीको आयोजनामा ३ महिने किशोरी आत्मारक्षा तालिमको उद्धघाटन गरिएको हो । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा संघले कार्यक्रमको आयोजना गरेको हो ।

महिला तथा किशोरीहरुमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै कुरा सिकाएको रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद पन्थीले बताए । थोरै समयमा धेरै कुराहरु सिक्नु पर्ने भएकाले अनुशासित, र समयको महत्व बुझेर सिक्न उनले आग्रह गरे ।

देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना न्यूनिकरण गर्न यो तालिमले सहयोग पुग्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले बताए । बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीहरुलाई सिकाउन सके राम्रो प्रभाव पर्ने कार्यालय प्रमुख विश्वकर्माको भनाई थियो ।

सुरुआती चरणमा आक्रमणबाट कसरी बच्ने, संवेदनशील अंगमा बचावट गर्नेदेखि उल्टै प्रहार गर्नेलगायतका गतिविधि प्रशिक्षण दिने नेपाल तेक्वान्दो संघ गुल्मीका अध्यक्ष गिरीप्रसाद महाकिमले बताए । तालिममा नगरका माध्यामिक विद्यालयबाट तालीममा २ सय जना किशोरीको सहभागिता रहेको छ । कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य भरत थापा लगायतको उपस्थित रहेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad