Advertisement
विज्ञापन

पुर्व मन्त्री गोकर्ण बिष्टको पालिकामा कांग्रेसको सानदार जित



Advertisement
विज्ञापन

अनिष पन्थी,गुल्मी । पुर्व मन्त्री गोकर्ण बिष्टको पालिका गुल्मीको इस्मा गाउँपालिकामा नेपाली कांग्रेसले सानदार जित हासिल गरेको छ। गठबन्धनबाट नेपाली कांग्रेसका भगत सिह खड्का गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन ।गाउँपालिका अध्यक्ष खडकाले ५ हजार ५ सय ८९ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिरा एसिले ५ हजार ४ सय ६४मत ल्याएका छन।

त्यसतै उपाध्यक्षमा नेपाली कांग्रेसकै अधिवक्ता पार्वती कुँवर बिजयी भएकी छन। उपाध्यक्ष कुँवरले ५ हजार ९ सय ९ मत ल्याउदा उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकि बिमला खत्रीले ५ हजार १ सय २१ मत ल्याएकी छिन।


Advertisement
Advertisement
Advertisement

३० बर्ष देखि एमालेको लाल किल्लाका रुपमा चिनिदै आएको गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने इस्मा गाउँपालिकामा नेपाली कांग्रेसले ऐतिहासिक जित निकालेको हो।६ वडा रहेको इस्मामा वडा नम्बर १,२,५ र ६ वडा कांग्रेस बिजयी भएको छ भने ३ र ४ वडामा एमालेले बिजयी भएको छ।

यो समाचार तयार गर्दा सम्म गुल्मीमा सात पालिकाको मत परिणाम सार्वजनिक भएको छ।
सदरमुकाम समेत रहेको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसको तर्फ बाट प्रमुखमा खिल्ध्वज पन्थी र उप- प्रमुखमा अमृता कुँवर विजयी भएकी छन ।

पन्थीले ८ हजार ६ सय १४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र प्रसाद पाण्डेयले ७ हजार ३ सय २० मत प्राप्त गरेका छन ।

यस्तै उपप्रमुख कुँवरले ८ हजार ६ सय १९ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकि रिता पाण्डेले ७ हजार २ सय ३१ मत प्राप्त गरेकी छिन ।

गुल्मी दरवार गाउँपालिकामा पनि नेपाली कांग्रेसको तर्फ बाट प्रमुखमा सरोज कुमार थापा र उप- प्रमुखमा तारा थापा ढेगा बिजयी भएका छन ।

प्रमुखमा निर्वाचित थापाले ६ हजार १ सय ६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्णबहादुर भुसालले ५ हजार ६ सय २ मत प्राप्त गरेका छन ।

यस्तै उपप्रमुख ढेगाले ६ हजार २ सय ७७ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकि शुसिला पुनले ५ हजार ५ सय मत प्राप्त गरेकी छिन ।

यस्तै चन्द्रकोट गाउपालिकामा गठबन्धनको तर्फ बाट प्रमुखमा माओबादी केन्द्रका युवराज के सि र उप- प्रमुखमा नेपाली कांग्रेसका बिष्णु भण्डारी विजयी भएका छन ।

प्रमुखमा केसिले ५ हजार ७ सय मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका चेतनबहादुर बस्नेतले ३ हजार २ सय ४७ मत प्राप्त गरेका छन ।
यस्तै उपप्रमुखमा भण्डारीले ५ हजार १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकि राधिका अर्यालले ३ हजार ८ सय १६ मत प्राप्त गरेकी छिन ।

सत्यवती गाउँपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखमा टिकाराम पाण्डे र उपप्रमुखमा निरमाया तरामु बिजयी भएका छन।
प्रमुखमा पाण्डेले ६ हजार ५ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका पारिश्वर ढकालले ५ हजार ९ सय ४८ मत प्राप्त गरेका छन ।

यस्तै उपप्रमुखमा तरामुले ६ हजार ५ सय ७२ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकि तेजकुमारी थापाले ५ हजार १ सय २४ मत प्राप्त गरेकी छिन ।

छत्रकोट गाउँपालिकामा एमालेको तर्फबाट प्रमुखमा रामप्रसाद पाण्डे र उपप्रमुखमा साबित्रा ज्ञवाली बिजयी भएका छन।

पाण्डेले ६ हजार ५ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अनन्त पौडेलले ५ हजार ९ सय ४८ मत ल्याएका छन ।

यस्तै उपप्रमुखमा ज्ञवालीले ६ हजार ४ सय ७२ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्दी जनमोर्चाका गुमानसिंह पुनले ६ हजार १ सय २४ मत ल्याएका छन।

मदाने गाउँपालिकामा गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र बहादुर कुँवर र उपप्रमुखमा एमालेको तर्फबाट सरिता खड्का विजयी भएका छन ।

प्रमुखमा कुँवरले ४ हजार ७ सय ७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रेम केसिले ४ हजार ७ सय ९७ मत प्राप्त गरेका छन ।

यस्तै उपप्रमुखमा खडकाले ४ हजार ५ सय ६७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी माओवादीका बेगम चन्दले ४ हजार २ सय ११ मत प्राप्त गरेका छन।

अन्य पालिकाको मत गणना जारी रहेको छ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad