कांग्रेस क्षेत्रिय सह–सचिव पाण्डेद्धारा वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी
बैशाख १३, गुल्मी – नेपाली कांग्रेस गुल्मी क्षेत्रनम्बर–२ का सचिव कृष्ण पाण्डेले रेसुङ्गा नगरपालिका वडानम्बर–४ अर्खले वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । आफुले लामो समय नेपाली कांग्रेसको क्रियाशिल सदस्य रहि काम गरेपनी पार्टीले कामको मुल्याङ्ककन नगरेकाले वडाअध्यक्षमा पदमा स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
पार्टीले पावर र पैसाको पहुँचवालाई उम्मेदवार चयन गरेको पाण्डेले असन्तुष्ट जनाएका छन् । सोमवार पाण्डेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पाण्डेले वडाअध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् ।
२०४६ सालदेखी नेपाली कांग्रेसको राजनिति सुरु गरेका पाण्डे तरण दल रेसुङ्गा नगरको सभापति बनेका थिए । उनी गुल्मी जिल्लामा रहेर नेपाली कांग्रेसको क्रियाशिल राजनिति गर्दै जनताको दुःख सुखमा साथ दिदैँ आएपनी आफुलाई पार्टीले वेवास्था गरेको पाण्डेले बताए ।
आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले वडा देखी नगरसम्म गुट र उपगुटको संग्या दिदैँ आफु जस्ता कर्मठलाई लात हानेको उनको गुनासो छ । पार्टीभित्रको विवाद र अपमान स्वीकार गर्न नसकेर वडामा स्वतन्त्र उम्मेदवारी दिएको पाण्डेले बताए ।
जनताको हक र अधिकार सुनिश्चत गर्न र वडाको विकास गर्न आफ्नो उम्मेदवारी दिएको उनको भनाई छ । तत्कालिन प्रदेश ५ टुक्रयाउने विरुद्धको गुल्मीमा चलेको आन्दोलनमा प्रहरीबाट कुटाई खाई ६ महिना सम्म अस्पतालमा भर्ना भएका थिए ।
अघिल्लो स्थानिय तहको निर्वाचनमा रेसुङ्गा वडानम्बर–४ मा नेपाली कांग्रेस र एमाले बिच कडा प्रतिपस्र्धा भएको थियो । एमाले कांग्रेस दुई दलको मत बराबर हुँदा गोलापर्थाबाट एमालले ५ बर्ष वडा चलाउने जिम्मा पाएको थियो । आसन्न स्थानीय तह निर्वाचनमा एमालेबाट वडाअध्यक्ष चोलराज शर्माले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट लिलाधर आर्चायले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
आचार्य ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट गोलापर्थाबाट हारेका थिए । अहिले शर्मा र आर्चायको कडा प्रतिस्पर्धा हुने देखिएको छ । स्वतन्त्र उम्मेदवारी दिएका पाण्डे पनि निर्वाचनमा गएपनि एमालेलाई जित्नलाई साजिलो हुने एमाले कार्यकर्ताले आकंलन गरेका छन् ।