मुसिकोट ६ मा काँग्रेसले टुगांयो उम्मेदवारहरु : वडाध्यक्षमा रायमाझी

गुल्मी । नेपाली काँग्रेसले मुसिकोट नगरपालिका वडा नं ६ मा सर्वसम्मत उम्मेदवारहरु चयन गरेको छ ।

पार्टीको वडा कमिटी बैठकले वडाध्यक्ष र वडासदस्यहरुका उम्मेदवार सर्वसम्मत चयन गरेको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वडा नं ६ बाट वडाध्यक्ष पदमा जित बहादुर रायमाझी सुनिललाई वडाध्यक्ष पदमा सर्वसम्मत चयन गरेको पार्टी सभापति रामु गौतमले जानकारी दिनुभयो ।

त्यस्तै वडा सदस्यहरुमा खुल्ला तर्फ सागर सापकोटा र मुम बहादुर बि.क महिला सदस्यमा तुलसा गुरुङ र दलित सदस्यमा हुमा बि.कलाई सर्वसम्मत चयन गरिएको उहाँले जानकारी दिनुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै