Advertisement
विज्ञापन

इस्माको उपाध्यक्षमा काँग्रेसबाट २६ वर्षीय पार्वती उमेदवार



Advertisement
विज्ञापन

गुल्मी, ८ बैशाख । गुल्मीमा आसन्न स्थानीय तहको निर्वाचनको लागि २६ वर्षीय युवती उपाध्यक्षको उमेदवार भएकी छिन् । जिल्लाको इस्मा गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट २६ वर्षीय युवती पार्वती कुँवर उमेदवार बनेकी हुन् ।

महिलालाई अवसरको अभाव भएको उपाध्यक्षकी उमेदवार कुँवरले बताइन् । “महिलाले अवसर पाए भने पुरुष जत्तिकै धेरै कार्यसम्पादन गर्न सक्ने क्षमता छ ।” कुँवरले भनिन्, “महिला सशक्तिकरणका हरेक अभियानमा आफुलाई जोड्ने, युवा, महिला तथा बालबालिकाको हकहित र अधिकारको लडाइमा सधै अग्रपंतिमा रहने प्रतिबद्धता ब्यक्त गर्दछु ।” ब्यक्तिगत जीवन र स्वार्थलाई त्यागेर समाज विकास परिवर्तनसंगै सामाजिक रुपान्तरणको अभियानमा कटिबद्ध भएर उभिने भन्दै उनले अबका महिलालाई आसन, भाषण र शासन सुनिश्चितता गर्नको लागि पनि आफ्नो उम्मेदवारी भएको बताइन् ।


Advertisement
Advertisement
Advertisement

नेपाली काँग्रेस गुल्मीकी महासमिति सदस्य एवम् नेपाली काँग्रेस इस्मा गाउँपालिका कार्यसमितिकी उपसभापति समेत ररहेकी २६ वर्षीय अधिवक्ता कुँवर नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत उमेदवार भएकी हुन् । नेपाल बिद्यार्थी संघको राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय कुँवर वि.सं.२०५२ मा इस्मा गाउपालिका–२, पालुखा (साविकको हस्तिचौर गा.वि.स.–८) मा जन्मिएकी थिइन् । उनले व्यवस्थापन संकाय र राजनितिशास्त्रमा स्नातकोत्तर गरी कानुन संकायमा स्नातक समेत गरेकी छिन् । इस्मा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट जिल्ला कार्यसमितिका सचिव समेत रहेका युवा नेता भगत सिंह खड्का उमेदवार छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad