स्थानीय तहमै पुगेर चौथो गुल्मी महोत्सवको प्रचारप्रसार गर्दै उद्योग बाणिज्य संघ
गोकर्ण पाण्डे चैत ०७, गुल्मी
आगामी चैत २५ देखि बैशाख ४ गते सम्म सञ्चालन हुन लागेको चौंथो गुल्मी महोत्सवको मिति नजिकिन थाले पछि महोत्सव को प्रचार प्रचार समेत तिब्र पारिन थालेको छ। महोत्सव लाई थप प्रभावकारीे बनाउनको लागि स्थानीय तह तह सम्म पुगेर प्रचार प्रचार समितिले सबैलाई निम्तो दिन थालेको छ।
गुल्मी उधोग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेल रामप्रसाद पन्थीको नेतृत्वमा परिचालन गरिएको प्रसार प्रसार समितिले जिल्ला स्थानीय तह तहमा पुगेर त्यहाँका जनप्रतिनिधिहरु भेटघाट समेत गरेको छन्।
चार गाउँपालिका र एक नगरपालिकामा प्रचार प्रचार समितिले पाँच वटै क्षेत्रमा पुगेर नगर प्रमुख गाउँपालिका अध्यक्ष, उप (प्रमुख प्रशासकीय अधिकृत हरु सँग छलफल गरि महोत्सव लाई कसरि प्रभावकारि बनाउने र स्थानीय स्तरमा रहेका विभिन्न कल सस्कृति कृषि व्यापार तथा उघोग लगायतका सामाग्री र प्रस्तुति हरु लाई उल्लेख्य मात्रमा महोत्सवमा कसरी सहभागी गराउने भने बिषयमा छलफल गरिएको छ। स्थानीय तहले गाउँ घरमा उत्पादन भएका वस्तु हरु महोत्सवमा लाउने बिश्वास दिलाएका छन्।
गुल्मी उघोग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको चौंथो गुल्मी महोत्सव आर्थिक,साँकृतिक एवम् पर्यटकीय हिसाबले पनि अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै महोत्सव लाई स्थानीय तहबाट सक्दो सहयोग गर्ने जनाएको प्रचार प्रसार समितिका संयोजक तारा प्रसाद भुषालले बताउनु भयो। महोसत्वमा दुई सय स्टल रहने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले जनाएको छ ।
गाउँ गाउँ पुगेर चौथो गुल्मी महोत्सवको ब्यानर राख्दै गुल्मी उद्योग बाणिज्य संघ गुल्मीमहोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ । सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष एबम् महोत्सव प्रचारप्रसार समिति संयोजक भुसालले बताए । राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बजोड प्रस्तुती रहने छ ।




