Advertisement
विज्ञापन

भक्तपुरमा निसासिएर शिशुको मृत्यु



Advertisement
विज्ञापन

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चामा निसासिएर तीन महिनाका शिशुको मृत्यु भएको छ। शिशुका बुबाआमाको बेहोस अवस्थामा उपचार भइरहेको छ।

हिजो शनिबार बेलुका खाना खाएर आगो तापी सुतेकोमा बिहान अबेरसम्म पनि नउठेकोले स्थानीय र प्रहरीले झ्यालबाट हेर्दा अचेत अवस्थामा अभिषेकसहित उनकी श्रीमती पसुना तामाङ र शिशु अचेत अवस्थामा फेला परेका थिए।


Advertisement
Advertisement

उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ। अभिषेक र उनकी श्रीमतीको उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइएको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement