Advertisement
विज्ञापन

कतै समवेदना छर्दैछु-(गजल)



Advertisement
विज्ञापन

कतै शुभकामना कतै समवेदना छर्दैछु
जिउने नाममा औपचारिकता पूरा गर्दैछु।

‘नमस्ते’, ‘धन्यवाद’ र ‘माफगर्नुस् है !’ को सहरमा
आत्मीयताविहीन सम्बन्धको जालोमा पर्दैछु।


Advertisement
Advertisement
Advertisement

मनको आँगनीमा सपना-फूल फुल्न छाडेन
ओइलाएका फूलसँगै, म पनि थोरै मर्दैछु।

प्रत्येक मनमा दन्कँदो छ शिखर चढ्ने आगो
पानी बनेर म हिजोआज, फेदी तिर झर्दैछु।

आँसुको मूल फुटाउने जस उनीलाई जान्छ
भएर ‘विभोर’ फेरि आज त्यतै तिर सर्दैछु।

मधुसुधन पाण्डे
छत्रदेव गाउँपालिका,अर्घाखाँची

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad