देशभरका विभिन्न रेडियो एफएम स्टेशनबाट पाचौं बृहत् काग सम्मेलन हुँदै
२२३३
कमला घिमिरे पाणिनी। हिन्दुहरूको दोस्रो महान चाड शुभ दीपावली तिहार २०७८ कार्तिक १७ को पहिलो दिन काग तिहार एवं कुकुर तिहारको अवसर पारेर काग सम्मेलन गरिने भएको छ । विभिन्न पशुपंक्षि बाजागाजा जिवजनावरको हुबहु आवाज निकाल्ने प्रतिभा भएका, जिल्ला युवा प्रतिभा पुरस्कारबाट समेत सम्मानित भएका भुवनेश्वर अधिकारीले सन्धिखर्कमा रहेको रेडियो देउराली १०१ मेगाहर्ज अर्घाखाँचीले रेडियोको अन एयरबाटै काग सम्मेलन गर्ने भएका हुन् ।
अधिकारीले रेडियोको अनएयर बाट प्रत्यक्षप्रसारण मार्फत कागको आवाज निकाली कराउँदा विभिन्न रेडियोको स्टुडियोबाट आवाज सुनेर कागहरु वरिपरि उडउदै एकत्रित हुने हास्य कलाकार अधिकारीले बताए ।यस्तै कार्यक्रम रेडियो देउराली सँगै देशभरका विभिन्न एफएम स्टेसन तथा रेडियोबाट प्रशारण हुने बताइएको छ ।




