तीन दिनसम्म भारी वर्षाको सम्भावना
२२५३
न्यून चापीय रेखा नेपालतर्फ सरेको कारण आजबाट मौसम थप सक्रिय हुदैछ।देशभरको मौसम पूर्ण बदली भई अधिकांश स्थानमा पानी पर्दैछ। अहिले प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कर्णाली प्रदेशबाहेक सवै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी,बागमती,लुम्बिनी र प्रदेश नम्बर एकका केहि स्थानमा भारी तथा अति भारी वर्षा हुने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।




