सशस्त्र प्रहरीको सेटिङ्गमा भैसी,कुखुराको तस्करी
सशस्त्र प्रहरी बल बिओपी र अमरपर्टीको मिलोमतोमा भैसी , राङ्गा र कुखुराको चल्लाको व्यापक रुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ।विश्वब्यापी रुपले बढदै गएको नोबेल (कोभिड -१९ ) नियन्त्रणको लागि सरकारले वीरगंज भन्सार बाहेक अन्य नाका सिल गरि पुर्णरुपले आवतजावतमा रोक लगाएपनि सिमानाकामा खटिएको सशस्त्र प्रहरीको मिलोमतोमा पर्साको ग्रामीण भेगका प्रसौनी र अमरपर्टि नाकावाट भैसी कुखुरा , चल्लाको तस्करी भईरहेको प्रत्यक्षदर्शीले बताएका छन्।
सिमानाका मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले नाकामा अग्रपंतीमा डियुटी खटिरहे पनि केही पैसाको प्रलोभनमा परि आफ्नो जिम्मेवारी वाट पंछिएको कारणले गर्दा प्रसौनी र अमरपर्टि नाकावाट भैसी , राङ्गा , कुखुराको चल्ला , हाडयेवर , लत्ताकपडा लगाएतको सामानहरुको व्यापक रुपममा तस्करी भईरहेको समाचार प्राप्त भएको छ।
प्रसौनी र अमरपर्टि नाका भई ६ वटा साईकलमा लोड गरि भित्राएको ३८४० गोटा कुखुराको चल्ला
सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल थापाको कमाणडमा खटेएको टोलीले वीरगंज महानगरपालिका वडा नम्वर १९ बार्वा टोलवाट ६ वटा साईकलमा भित्राएको कुखुराको चल्ला बरामद गरि नष्ट गरेको छ।यसले प्रमाणित हुन्छ कि यी नाकाहरु वाट व्यापक रुपमा रातभरी तस्करी भईरहेको छ।
यी नाकाहरु वाट नेपाल वाट भारत मोटर, पेस्ट , छोकडा , कबाड र भारतवाट नेपाल तर्फ भैसी , राङ्गा , कपडा , कुखुराको चल्ला लगाएतका सामानहरु अवैध रुपले भित्राएको कारणले लाखौं रुपैयाको भन्सार छलि भईरहेको छ।यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।