सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
२३२६
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि सिरियामा तैनाथ शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
बिहीबार २०२ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी रविजंग खड्काको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी १९७ जना शान्ति सैनिकहरू प्रमुख सेनानी दिनेश कुमार खड्काको नेतृत्वमा बिहीबार नै स्वदेश फिर्ता भएका थिए ।हाल उक्त मिसनमा नेपाली सेनाबाट सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरुका गरी कुल ४४८ जना शान्ति सैनिकहरू कार्यरत छन् ।




